दमौली: तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई ७० प्रतिशत मुआब्जा वितरण गरेको छ । योजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि हालसम्म ४६ करोड ५१ लाख रुपैयाँ वितरण…
दमौली (तनहुँ)- मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)मार्फत निर्माण हुन लागेको सवस्टेशन अन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ ।
एमसिए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्ट...
दमौली (तनहुँ)- मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)मार्फत निर्माण हुन लागेको सवस्टेशन अन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने तनहुँका विभिन्न ठाउँको जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको छ ।
एमसिए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्ट...
साउन २१, दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रशारणलाइन निर्माणका लागि १ करोड रुपैयाँभन्दा बढी मुआब्जा वितरण गर्ने भएको छ ।
यसका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणबापत आयोजनाले १ करोड ३१ लाख ३४ हजार ५१० रुपैयाँ वितरण गर्नेछ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज तीन अन्तर्गत प्रशारणलाइनको ठेक्का भारतीय कम्पनीले पाएको छ । हालसम्म निर्माणका लागि २६ ओटा फाउण्डेशनको काम सकिएको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिए।
टावर निर्माणका लागि भारतबाट प्राविधिक टिम आएर साइटमा आवश्यक तयारी गरिरहेको उनले बताए । कुल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । यसका लागि जग्गाको कित्ताकाँट गरी प्रक्रिया थालिएको छ ।
यस क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६,आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्रपर्ने जग्गा अधिग्रहण गरिनेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मुआब्जा निर्धारण समितिले मूल्य तोकेको थियो । जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण उपसमितिले चलनचल्तीको मूल्य, मालपोतको दर, स्थानीय तहले मूल्याङ्कन गर्ने आधार, बैंकले मूल्याङ्कन गर्ने आधारलाई प्राथमिकतामा राखेर मुआब्जा निर्धारण समितिलाई सिफारिस गरेको थियो ।
मुआब्जा वितरणका लागि न्यूनतम प्रतिरोपनी २४ लाख निर्धारण गरिएको थियो । प्रशारणलाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन् । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारणलाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । यो काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ
आयोजनाको हालसम्म तीन ओटा सुरुङ निर्माण सकिएको छ । ४३७ दशमलव १ मिटर लामो सर्च ट्याङ्क जाने पहुँच सुरुङ साउन १५ गते, २८०।८५ मिटर लामो मुख्य पहुँच सुरुङ असार २ गते र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ गत जेठ २१ गते पूरा भएको छ ।
केही समयअगाडि मात्रै सम्झौता भएको प्याकेज १ को कामका लागि निर्माण कम्पनीले आवश्यक तयारी शुरु गरेको छ । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजको काम शुरु गरिएको छ । रासस
एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका लागि व्यक्ति तथा सामुदायिक वनको जग्गा अधिग्रहण गरेपछि प्रभावितलाई मुआब्जा वितरण गर्न लागेको छ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनसँग जोड्नका लागि विद्युत्को टावर निर्मा...
तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका लागि व्यक्ति तथा सामुदायिक वनको जग्गा अधिग्रहण गरेपछि प्रभावितलाई मुआब्जा वितरण गर्न लागेको छ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनसँग जोड्नका लागि विद्युत्को टावर निर्माण गर्नुपर्ने भएकाले विभिन्न स्थानमा गरी आयोजनाले साढे तेइस […]
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गर्ने क्रम जारी छ । तनहुँ हाइड्रोपावर लिमिटेडले आयोजनाबाट प्रभावित बासिन्दालाई हालसम्म ९५ प्रतिशत रकम वितरण गरिसकेको छ ।
१ सय ४० मेगावाटको तनहुँ हाइड्रोपावरले करिब ९० प्रतिशत प्रभावितहरूलाई मुआब्जा वितरण गरेको छ । घरजग्गाको मुआब्जाबापत वितरण गर्नुपर्ने रकम अब करिब १० प्रतिशत मात्र बाँकी रहेको हाइड्रोपावरका साइड इन्चार्ज...पूरा पढ्नुहोस् »