हेमराज र सुशीलाको ‘तानशाह बन्न नखोज’ सार्वजनिक (भिडियो)

काठमाडौं । जनवादी गायक हेमराज आश्रमको नयाँ गीत ‘तानशाह बन्न नखोज’ सार्वजनिक भएको छ । शब्द, संगीत तथा स्वर आश्रमकै रहेको गीतमा कलाकार सुशीला बञ्जाडे र साथीहरुले साथ दिनुभएको छ । गीतले समसामयिक राजनीतिबारे जनतालाई सचेत तुल्याउँदै अग्रगमनका लागि आन्दोलित हुन आह्वान गरेको छ । गीतको म्युजिक भिडियो सोमबार आश्रम म्युजिक मार्फत सार्वजनिक गरिएको हो।

सम्बन्धित सामग्री

‘हेमराज पहारी स्मृति पुरस्कार’ साहित्य सन्ध्यालाई

हेमराज पहारी स्मृति प्रतिष्ठानले नेपालको प्रगतिशील एवं प्रगतिवादी संस्था साहित्य सन्ध्यालाई ‘हेमराज पहारी स्मृति पुरस्कार’ प्रदान गरेको छ। प्रतिष्ठानले शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममार्फत १ लाख राशीको सो पुरस्कार हस्तान्तरण गरेको...

हेमराज भाम स्मृति कपको उपाधि जुम्लालाई

मुगुमा सम्पन्न हेमराज भाम स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जुम्लाका खेलाडीले प्राप्त गरेका छन्। घरेलु टोली रेड पान्डा एफसीलाई ३–१ गोल अन्तरले हराउँदै जुम्लाले उपाधि हात पारेको हो। जुम्लाका अभिषेक बुढ्थापाले...

पूर्वमन्त्री हेमराज राई एमाले फर्किए

काठमाडौँ – छाडेको १० वर्षपछि पूर्वमन्त्री हेमराज राई एमालेमै फर्किएका छन्। १० वर्षअघि एमालेको जनजाती नीतिप्रति असहमति जनाउँदै अशोक राईसँगै उनीपछि संघीय समाजवादी गठनमा लागेका थिए। हालै जसपा त्यागेर बसेका राई दश जना केन्द्रिय सदस्यसहित एमाले प्रवेश गरेका हुन्। उनीसहित जसपा केन्द्रीय सदस्यहरु शान्त कुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, पवित्रा […]

१० वर्षपछि एमाले फर्किए हेमराज राई

जनता समाजवादी पार्टीका उपाध्यक्ष  तथा पुर्व उद्योग मन्त्री हेमराज राई नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । राईसहित जसपाबाट आधा दर्जन केन्द्रीय सदस्य केहिबेरपछी पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी...

जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गर्ने तयारी गरेका छन् । जसपा नेता अशोक राई पक्षका नेता हेमराज राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । जसपा विभाजन भएपछि राई एमाले प्रवेश गर्ने तयारी गरेको एक नेताले बताए । तत्कालीन एमाले उपाध्यक्ष अशोक राईले एमाले परित्याग गर्ने बेला राई उनीसँगै एमाले छोडेका थिए ।जसपाबाट बाबुराम भट्टराई अलग भएपछि राई एमाले जान लागेका हुन् । तत्कालीन एमाले नेता कार्यकर्ता राईसँगै पुनः फर्किन लागेको बताएको छ । यसअघि राष्ट्रिय

‘छक्कापञ्जा ४’ निर्देशन गर्दै हेमराज बीसी

काठमाडौं । ‘छक्कापञ्जा ४’ फिल्मलाई हेमराज बीसीले निर्देशन गर्ने भएका छन् । निर्माता र निर्देशक बीसीबीच लिखित सहमति भएको छ । अहिले निर्माता एवं अभिनेता दीपकराज गिरी र निर्देशक बीसीले मिलेर पटकथा लेखिरहेका छन् । आगामी साता फिल्मको स्क्रिप्टलाई अन्तिम रुप दिने तयारी भइरहेको गिरीले बताए । ‘निर्देशकको रुपमा हेमराज बीसी कन्फर्म हुनुभएको छ । […]

हेमराज बिसी र सरोज न्यौपानेले मिलेर फिल्म बनाउँदै

काठमाडौं : हेमराज बिसीको निर्देशनमा निर्माता सरोज न्यौपानेले फिल्म निर्माण गर्ने भएका छन्। हेमराज बिसीसँगको सहकार्यमा फिल्म बनाउन लागेको निर्माता सरोज न्यौपानेले जानकारी दिए। रोमान्टिक कमेडी जनरामा निर्माण हुने फिल्मको प्रि-प्रोडक्सनको काम चलिरहेको उनले बताए। ‘अहिले हामी फिल्मको निर्माणको तयारी जुटेका छौँ। फिल्मको स्क्रिप्ट तयार भएपनि नाम फाइनल हुन सकेको छैन। साथै…

एमसिसीविरुद्धको प्रदर्शनका घाइते हेमराज डिस्चार्ज

काठमाडौं : एमसिसीविरुद्धको प्रदर्शनका क्रममा प्रहरीको आक्रमणमा परी घाइते भएका हेमराज अवस्थी मंगलबार डिस्चार्ज भएका छन्। घाइते भएको एघार दिनपछि उनी डिस्चार्ज भएका हुन्। घाइते भएका उनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।राष्ट्रघाती भएको बताउँदै एमसिसी अनुमोदन गर्न नहुने भन्दै विभिन्न दलले विरोध प्रदर्शन गरेका थिए।

हेमराज चन्द्रपाउलले विराटनगरबाट खेल्ने

काठमाडौं : वेस्ट इन्डिजका क्रिकेट खेलाडी हेमराज चन्द्रपाउल एभरेष्ट प्रिमियर लिग (ईपिएल) मा विराटनगर वारियर्सबाट खेल्ने भएका छन्।विराटनगरले वेस्टइन्डिजका उदयमान खेलाडी हेमराजलाई यस सिजनका लागि तेस्रो विदेशी खेलाडी भित्र्याएको हो।चौथो संस्करणको ईपिएल असोज ९ गतेदेखि २३ गतेसम्म किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ।

नगद १ लाखको हेमराज स्मृति पुरस्कार झरना साहित्यिक परिवारलाई

यस वर्षको हेमराज स्मृति पुरस्कार ‘झरना साहित्यिक परिवार मकवानपुर’लाई अर्पण गरिने भएको छ ।  हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि नगद १ लाख रुपैयाँसहित ताम्रपत्र रहेको छ । साहित्यकार एवं समाजसेवी हेमराज पहारीका योगदानलाई जनसमक्ष लैजान र साहित्यको विकासमा टेवा पुर्‍याउने लक्ष्यका सो स्मृति प्रतिष्ठान गठन गरिएको हो ।  प्राज्ञ हरिदेवी कोइराला संयोजक र लक्ष्मी निरौला र रमा परासर सदस्य रहेका प्रतिभा छनोट समितिको सिफारिस अनुसार झरना साहित्यिक परिवारलाई पुरस्कार प्रदान ग...