सरकारले वर्षाका ३ महिना नदीजन्य सामग्री उत्खननमा रोक लगाए पनि सर्लाहीमा लागू हुन सकेको छैन । यहाँका वाग्मती, लखन्देही र कालिन्जोर खोलामा बर्खे भेलमै उत्खनन हुँदै आएको छ । बाढी आएको दिनबाहेक सयौंको संख्यामा ट्र्याक्टरले नदीजन्य सामग्री ओसारिरहेका छन् ।