धौलागिरी लघुवित्तले सर्वसाधारणको लागि आईपीओ जारी गर्दै

काठमाडौं, २ फागुन । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । सर्वसाधारणका लागि ३ लाख कित्ता शेयर जारी गर्न संस्थाले प्रक्रिया अघि बढाएको हो । संस्थाले आईपीओ जारी गर्न सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको जनाएको छ । धौलागिरी लघुवित्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको इजाजपत्र प्राप्त गरी २०७५ […]

सम्बन्धित सामग्री

खप्तड लघुवित्त र धौलागिरी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ । बुधबार एक समारोहबीच दुई कम्पनीले मर्जरका लागि अन्तिम सम्झौता गरेका हुन् । सम्झौतापत्रमा खप्तड लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुमनप्रसाद श्रेष्ठ र धौलागिरी लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समिति अध्यक्ष ईश्वरलाल राजभण्डारीले हस्ताक्षर गरे । खप्तड लघुवित्तको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेश हो भने धौलागिरी लघुवित्त राष्ट्रियस्तरको कम्पनी हो । राष्ट्रियस्तरमा कार्यक्षेत्र रहेको धौलागिरी लघुवित्तले बागलुङ नगरपालिका-२ श्रीनगर टोल, बागलुङको रजिष्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ । यी दुई कम्पनीहरूबीच मर्जरसम्बन्धी समझदारीपत्रमा गत मङ्सिर १८ गते हस्ताक्षर भएको थियो । दुवै कम्पनीले नेपाल राष्ट्र बैंकबाट पुस १७ गते मर्जरका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका थिए । दुवै कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरी धितोपत्र दोस्रो बजारमा शेयर सूचीकरण गराइसकेका छन् । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता शेयर वितरण गरेको हो । त्यस्तै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर सर्वसाधारणमा वितरण गरेको हो ।

तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्कासन गर्न स्वीकृत दिएको हो । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि समेत गरी प्रतिकित्ता […]

तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृति

२८ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्काशन गर्न स्वीकृत दिएको हो । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि समेत […]

दुई लघुवित्तले पाए आइपीओ जारी गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डबाट दुई लघुवित्तले एकैदिन आइपिओ जारीको अनुमति पाएका छन् । बोर्डका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपिओ निष्कासनको अनुमति पाएका हुन् । बोर्डबाट २४ असारमा सार्वजनिक निष्कासन जारी गर्ने अनुमति पाएका यी संस्थाले १३ करोड ६ लाख रुपैयाँ बराबरको १३ लाख ६ हजार कित्ता आईपीओ जारी गर्नेछन् । धौलागिरी लघुवित्तले तीन करोड ३१ लाख रुपैयाँ बराबरको तीन लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।साधारण सेयर निष्कासनका ल