नेपाल धितोपत्र बोर्डबाट दुई लघुवित्तले एकैदिन आइपिओ जारीको अनुमति पाएका छन् । बोर्डका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपिओ निष्कासनको अनुमति पाएका हुन् । बोर्डबाट २४ असारमा सार्वजनिक निष्कासन जारी गर्ने अनुमति पाएका यी संस्थाले १३ करोड ६ लाख रुपैयाँ बराबरको १३ लाख ६ हजार कित्ता आईपीओ जारी गर्नेछन् । धौलागिरी लघुवित्तले तीन करोड ३१ लाख रुपैयाँ बराबरको तीन लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।साधारण सेयर निष्कासनका ल