धरानमा जेब्रा झोलामा भेटिएको शवको खुलेन पहिचान

सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा फेला परेको मानव अंगको पहिचान अझै खुल्न सकेको छैन । फागुन ४ मा साँझ एउटा जेब्रा झोलामा टाउको र खुट्टा तथा बिहिबार अर्को झोलामा शरिरको बाँकी भाग भेटिएको थियो । शवको पहिचान खुल्न नसकेको सुनसरीका एसपी संजयसिंह थापाले रातोपाटीलाई बताए ।शव पोष्टमार्टमका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) अस्पतालमा राखिएको छ ।  खर्दु सामुदायीक बन क्षेत्रमा भेटिएको मानव अंगबारे अनुसन्धानका लागि विपी क

सम्बन्धित सामग्री

‘गोर्खा वारिअर’को धरान प्रिमियर, मुख्यमन्त्री कार्की भन्छन्- यो हाम्रो पहिचान हो

काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारिअर’लाई शनिबार लाहुरेको सहर धरानमा प्रिमियर गरिएको छ । फ्रेन्ड्स सिनेमाज हलमा आयोजित प्रिमियरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र धरान उपमहानगरका मेयर हर्क साम्पाङ अतिथि थिए । प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको र यसबाट आफू उत्साहित भएको जानकारी निर्देशक चाम्सले अनलाइनखबरलाई दिए । ‘एकदमै उत्कृष्ट प्रतिक्रिया प्राप्त […]

जातीय द्वन्द्व निम्त्याउने प्रयास प्रधानमन्त्रीबाटै भयो : डा. कोइराला

नेपालमा जातीइ द्वन्द्व सिर्जनाको भय मडारिएको छ । अहिले धरानमा भैरहेको गतिविधिले देखाएको छ । पहिचान र अधिकारका नाममा कानुनले निषेध गरेको काम गर्ने र त्यसको प्रतिकार गर्ने गतिविधिले यस्तै संकेत गरेको छ । धरानमा जे भयो यसको मूख्य कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको आरोप सत्ता गठबन्धनका शीर्षस्थ नेताले लगाउनुभएको छ । धरान घटना …

संघले बनायो छानबिन समिति, कोशी प्रदेशले के गर्दैछ ?

१२ चैत, विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरले गरेको प्रदर्शनमा घाइते भएका पदम लिम्बूको शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो । लिम्बूको मृत्युबारे छानबिन गर्न संघीय सरकारले समिति गठन गरे पनि कोशी प्रदेश सरकारले औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन । लिम्बूको मृत्यु भएपछि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]

धरानमा हत्या भएका युवकको पहिचान खुल्यो

धरानको वडा नं ५ तल्लो देउरालीस्थित सेउती खोलाको बगरमा हत्या गरिएको अवस्थामा भेटिएका युवकको पहिचान खुलेको छ।...

धरानमा एक पुरुषको हत्या

सुनसरी । सुनसरीको धरानमा एक युवकको हत्या भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–५ तल्लो देउराली नजिकै सेउती खोलाको बगरमा एक पुरुषको बीभत्स हत्या गरिएको शव प्रहरीले फेला पारेको छ । शरीरभरि गहिरो चोट्पटक लागेर हत्या गरिएको अन्दाजी ३५ वर्षको पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले बताउनुभयो । हत्या गरिएका पुरुषको पहिचान […]

धरानमा एक युवकको शव भेटियाे, पहिचान नखुलेको प्रहरीको भनाइ

धरानको वडा नं ५ तल्लो देउरालीस्थित सेउती खोलाको बगरमा एक युवकको शव भेटिएको छ। ईलाका प्रहरी कार्यालय धरानका अनुसार आज बिहान करिब साढे ५ बजे अन्दाजी ३०/३५ वर्षका युवकको शव भेटिएको हो।...

धरानमा जेव्रा झोलामा भेटिएको शवको पहिचान

कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडकखण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा भेटिएको शवको ६ दिनपछि पहिचान खुलेको छ । दुईवटा झोला भित्र टाउको, हात, खुट्टा शरिर छुट्टाछुट्टै फेला परेको शव...

धरानमा भेटिएको शवको अझै खुलेन पहिचान

विराटनगर : धरानमा विभत्स ढंगमा हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यलय सुनसरीले मृतकको स्केच सार्वजनिक गरेको छ। शव फेला परेको ६ दिन बितिसक्दा पनि अझै मृतकको पहिचान नखुलेपछि मृतकको स्केच सार्वजनिक  गरेको  प्रहरीले जनाएको छ।गत फागुन ४ गते साँझ सुनसरी धरान-४ स्थित धरान धनकुटा सडकखण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा जेब्रा झोलामा शव फेला परेको थियो। झोलामा प्याक गरिएको अवस्थामा पुरूषको टाउको र दाहिने खुट्टा फेल

धरानमा भेटिएको शवको खुलेन पहिचान

विराटनगर : सुनसरीको धरानमा झोलाभित्र मानिसको शरीरका केही भाग फेला परेको छ। धरान उपमहानगरपालिका–४ स्थित नौकिलोमा बुधबार जेब्रा झोलाभित्र पुरुषको काटिएको टाउको र खुट्टाको भाग भेटिएको थियो। झोलाभित्र मानिसको शरीर भेटिएपछि उक्त स्थानमा बिहीबार बिहान प्रहरी टोली पुगेको थियो।अनुसन्धानका क्रममा प्रहरीले शव भेटिएको एक किलोमिटर माथि शरीरका अरु भाग र खुट्टा भेटिएको जनाएको छ। टाउको र खुट्टा भेटिएको एक किलोमिटर माथिको जंगलबाट जिउको भाग र दाहिने खुट्टा भेटिएको सङ्घीय प्रहरी इकाई कार्यालय धरान