'पैँचो' का उत्पादन अमेरिकामा निर्यात सुरु

काठमाण्डाै – ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री, वितरण गर्दै आएको पैँचो पसल प्रालीद्वारा उत्पादित ‘पैँचो उत्पादन’ हरू अब संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा उपलब्ध हुने भएको छ ।  पैँचोले आफ्नो उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरा माझ पुर्‍याउने उद्देश्यले अमेरिकामा निर्यात सुरु गरेको हो । पैँचोका उत्पादन अमेरिका पुर्‍याउन न्युयोर्कमा कार्यालय रहेको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालीमार्फत सहकार्य गरेको छ ।  ‘बसे पनि सहर, गाउँकै खाने र...

सम्बन्धित सामग्री

अमेरिका, अष्ट्रेलियालगायतका देशमा निर्यात हुन थाल्यो करेन्ट चाउचाउ

काठमाडौं । करेन्ट चाउचाउ अमेरिका, अष्ट्रेलियालगायतका पश्चिमा देशमा निर्यात हुन थालेको छ । रुपन्देहीको तिलोत्तमामा ६ वर्षअघि सुरु गरिएको यशोदा फुड्सको उत्पादन करेन्ट चाउचाउ विदेश निर्यात हुने थालेको हो । करेन्ट अहिले स्वदेश मात्रै नभएर भारत, अष्ट्रेलिया र अमेरिका जस्ता मुलुकहरुमा पनि निर्यात हुन थालेको कम्पनीले जनाएको छ । विदेशी बजारबाट यसले प्रति वर्ष एक […]

नेपाली कृषिजन्य उत्पादन अमेरिकी बजारमा पुर्याउँदै ‘पैचो’

नेपालको ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको ‘पैचो पसल’ प्रालिद्वारा उत्पादित खाद्यवस्तु अमेरिकी बजारमा उपलब्ध गराइने भएको छ । नेपाली उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पु¥याउने उद्देश्यले अमेरिका निर्यात सुरु गरेको कम्पनीले त्यहाँका विभिन्न राज्यमा नेपाली उत्पादन उपलब्ध गराउने भएको हो । पैचो पसलले उत्पादन गरेका खाद्य सामग्रीलाई अमेरिकी बजारमा …

यशोदा फुड्सका नयाँ उत्पादन बजारमा

काठमाडौं (अस) । करेन्ट चाउचाउ उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिजबल्स नेपाली बजारमा बिक्री सुरु गरेको छ । कम्पनीले सुपर प्रिमियम चाउचाउअन्तर्गत करेन्ट चीज एन्ड बटर, करेन्ट मसरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चीज चिकेन पिज्जा स्वादको चाउचाउ सार्वजनिक गरेको हो । सुपर प्रिमियम चाउचाउअन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चीज एन्ड बटर, करेन्ट मसरुम नुडल्स फेमिली प्याकमा उपलब्ध छ भने यसको प्रतिपिस मूल्य १२० रुपैयाँ र तौल १२० ग्राम रहेको कम्पनीले बताएको छ । कम्पनीले फेमिली प्याकमा २० पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको  स्वादमा करेन्ट चीज चिकेन पिज्जा, चिजबल्सअन्तर्गत चीजको स्वादमा ५० पर्ने चिजबल्स सार्वजनिक गरेको छ । कम्पनीको उत्पादन करेन्ट चाउचाउ हाल भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलियालगायत देशमा निर्यात भइरहेको छ ।

सात महिनामा १ अर्ब २० करोडको छुर्पी र घिउ निर्यात

११ फागुन, काठमाडौं । हेटौंडाका सृजन कोइरालाले आफ्नै डेरीमा उत्पादन गरेको छुर्पी अमेरिका निर्यात थालेको पाँच वर्ष बित्यो । २०७३ साल मंसिरमा उनले पहिलो पटक २ हजार किलो छुर्पी अमेरिकामा बिक्रीका लागि पठाएका थिए । हेटौंडामा उत्पादन भएको छुर्पी कुकुरको आहाराको रुपमा निर्यातकर्ता मार्फत अमेरिका पठाइएको र त्यो निकै रुचाइए पछि वर्षेनी निर्यात सुरु भएको […]

रिजाल फुड्सको उत्पादन अमेरिका निर्यात

चितवन – विसं २०४४ मा फलामे कराईमा भुटेर साइकलमा बिक्री गर्ने दालमोठ उद्योगमा अहिले अत्याधुनिक मेसिनबाट उत्पादन गरेर अमेरिकासम्म पुग्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ। रत्ननगर नगरपालिका–३ स्थित रिजाल फुड्स एण्ड वेभरेजेज प्रालिले उत्पादन गरेको दालमोठलगायत उत्पादन अहिले विश्वबजारसम्म पुग्ने गरेको छ। तत्कालीन समयमा पूर्वी नेपालमा अनुभव सँगालेर यहाँ आएका राजेन्द्रप्रसाद रिजालको परिवारले सुरु गरेको […]

मौलिक नेपाली उत्पादन अल्लोको विक्रीमा वृद्धि

क्राफ्ट प्यालेसकी प्रोपाइटर अल्लो उद्यमी मल्लिका श्रेष्ठ दैनिक २ सय थान अल्लोका सामग्री बिक्री गर्छिन् । कुपण्डोलस्थित प्यालेसबाट उनले दैनिक ३ हजार ५ सय रुपैयाँसम्मको सामान बिक्री गर्ने गरेकी छन् । २०६१ सालमा १० लाख रुपैयाँबाट सुरु भएको यो उद्योग अहिले २५ लाख पुँजीको बनेको छ । जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएकाले अल्लोबाट निर्मित कपडा ग्राहकहरूले मन पराउने गरेका छन् । सबै वर्गका उपभोक्ताले अल्लोका सामान मन पराएको बताउँछिन् श्रेष्ठ ।  अल्लोका सामानहरू विदशमा समेत निर्यात हुने गरेको छ । भारत, फ्रान्स, जापान, अमेरिका र अस्ट्रेलिया आदि देशहरूमा यी सामान निर्यात हुँदै आएका छन् । ‘विदेशमा माग भएअनुसार गुणस्तरीय सामान हामीले बहिर पठाएका छौं,’ श्रेष्ठले भनिन् । अल्लोबाट टोपी, जुत्ता, कोट ज्याकेट, ब्याग, होमडेकोरेशनलगायत सामान तयार हुने गरेका छन् । संखुवासभाकी अर्की उद्यमी प्रमिला राई पनि यो क्षेत्र राम्रो भएको बताउँछिन् । ८० हजार रुपैयाँबाट व्यवसाय सुरु गरेकी उनको निम रिडक बायोह्यान्डिक्राफ्ट अहिले १५ लाख पुँजीको बनेको छ । यसले आफूलाई एक सफल अल्लो व्यवसायीका रुपमा स्थापित गरेको उनको बुझाइ छ । हिमालय नेचुरल फाइबार फाउन्डेसनले मेसिन किन्न र बिरुवा रोप्नका लागि २ लाख ५० हजार दिएको उनले बताइन् । यसैगरी डीएफ द इस्ट फाउन्डेसनले अल्लोको कपडा बुन्ने तालिमको व्यवस्था गरेको छ । अंक  ३८, २०६७, जेठ १०–१६

अकबरे पनि तेस्रो मलुकतिर

किसानको भरपर्दाे आम्दानी बनिरहेको अकबरे (खुर्सानी) तेस्रो मुलुकसमेत निर्यात हुन थालेको छ। सयौं किसानको व्यावसायिक उत्पादन भइसकेको अकबरे नेपाल र भारतपछि अमेरिका, हङकङलगायत देशमा निर्यात सुरु भएको हो।

नेपाली उत्पादन ‘म्याङ्गो जुस’ अमेरिका निर्यात

काठमाडौं । गुडलाईफ बेभरेजले आफ्नो उत्पादन अमेरिकामासमेत निर्यात सुरु गरेको छ। कम्पनीले गुडलाइफ म्याङ्गो जुस अमेरिका निर्यात थालेको हो। उत्कृष्ट म्याङ्गो पल्पहरु छनौट गरी बनाइएको जुसको स्वादलाई स्वदेशमा जसरी विदेशमा पनि रुचाइने ...