यातायात सेवा, सवारी चाप र चुनौती : RajdhaniDaily.com
RajdhaniDaily.com | यस वर्षको चाडपर्व नजिकिएसँगै सम्बन्धित सरकारी निकाय र यातायात व्यवसायीहरू अहिले आ–आफ्नो गन्तव्यमा जाने तयारीमा रहेका यात्रुलाई सार्वजनिक सवारीसाधनको -
काठमाडौं । काठमाडौं उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, सीमित साँघुरा सडक र सडक प्रयोगकर्ताहरुको हेलचेक्र्याइँले आवागमन असुरक्षित बन्दै गएको छ । अरु त अरु ट्राफिक व्यवस्थापनमा दिनरात सडकमा खटिएका ट्राफिक प्रहरीमाथि सुरक्षा चुनौती थपिएको छ । उखरमाउलो गर्मी होस या असार साउनको भेलमा घुँडाघुँडा चोपलिएर ट्राफिक व्यवस्थापनमा निमग्न प्रहरीका […]
बागलुङ बजारमा साँघुरा सडक, बढ्दो सवारी चाप, पैदलयात्रुको जथाभावी सड्क काट्ने बानी । यसले सडक दुर्घटना हुने जोखिम बढ्दो छ । बढ्दो ट्राफिक जामले पछिल्लो समय बागलुङ बजारभित्र छोटो दूरीमा पनि लामो समय लाग्ने गरेको सवारी चालकको गुनासो छ । सवारी चालकमात्र होइन, सदरमुकामको बढ्दो ट्राफिक समस्याले स्थानीय बासिन्दा र पैदलयात्रु पनि समस्यामा परेको गुनासो गर्छन् । दैनिकजसो हुने साना ठुला दुर्घटनालाई रोक्न, बढ्दो ट्राफिक जामलाई व्यवस्थान गर्न ट्राफिक प्रहरीले नयाँ नयाँ तरिका अपनाइ रहेको छ । स
काठमाडौं उपत्यकामा बुधबार एकैदिन ४ ठाउँमा आगलागी भएको छ । काठमाडौँ र ललितपुरका विभिन्न ४ ठाउँमा आगलागी भएको हो । यसमध्ये बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ राममन्दिर अगाडिको घरमा भएको आगलागीबाट मानवीयसहित ठूलो भौतिक क्षति पुगेको छ । बारुण यन्त्र कार्यालय काठमाडौँका प्रमुख एवं नगर प्रहरी निरीक्षक प्रकाश पण्डितलेसहरका ठूला प्रकृतिका आगो नियन्त्रण गर्न साँघुरो सडक र सवारी चाप नै मुख्य चुनौती भएको बताए । बारुण यन्त्र कार्यालयका फायर कमाण्डर एवं नगर प्रहरी नायव निरीक्षक नरेशराज कुँवरले आगला
सवारी चाप, धुलो धुवाँसँगै घाम, पानी हुरीबतास, असिना र भूकम्पजस्ता विपद् समेत नभनी निरन्तर सडकमा खटिनु ट्राफिकका लागि कम चुनौतीपूर्ण भने छैन। अर्कोतर्फ ट्राफिक प्रहरीको चुनौती सार्वजनिक शौचालयको अभाव, हुरी बतास र भूकम्पको धक्का समेत टुलुटुलु हेरेर बस्नु बा...
सडकमा बसेर सिटी फुक्दै हात हल्लाउने ट्राफिक प्रहरीको जागिर हामीलाई सजिलो र रमाइलो नै लाग्छ । तर पछिल्लो समय राजधानीमा बढेको सवारी साधनको चाप र गतिलो ट्राफिक संरचना निर्माण नहुँदा ट्राफिक व्यवस्थापन दिनानुदिन चुनौतीपूर्ण बन्दैछ । सवारी चाप, धुलो धुवाँसँगै घाम, पानी हुरीबतास, असिना र भूकम्पजस्ता विपद्समेत नभनी निरन्तर सडकमा खटिनु ट्राफिकका लागि कम चुनौतीपूर्ण भने छैन । अर्कोतर्फ ट्राफिक प्रहरीको चुनौती सार्वजनिक शौचालयको अभाव, हुरी बतास र भूकम्पको धक्का समेत टुलुटुलु हेरेर बस्नु बाहेक अर्को व
गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा सवारी साधन पार्किङ गर्न निश्चित क्षेत्र तोकिएको छैन । यसले ट्राफिक व्यवस्थापनमा चुनौती बढ्दै गएको छ । बजार क्षेत्रमा सडक दायाँबायाँ पार्किङ गरिँदा अत्यधिक सवारी चाप रहने समय (बिहान १० र साँझ ४ बजे) मै जाम बढ्दै गएको छ । यो समयमा दुर्घटनाको अनुपात पनि अधिक हुने गरेको छ ।
चितवन : चितवनमा ट्राफिक जनशक्ति अभाव बर्सेनि बढ्दै गएको छ।घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको जनशक्ति २२ वर्षदेखि बढ्न सकेको छैन। पर्याप्त जनशक्ति नहुँदा दुर्घटना न्यूनीकरणमा चुनौती थपिएको छ। एउटा महानगरपालिका समेत रहेको जिल्लामा अहिले ट्राफिकको ४५ जना मात्रै जनशक्ति छ। यहाँको सवारी चाप र सडक सञ्जालअनुसार कम्तीमा १५० जना ट्राफिक प्रहरी चाहिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट बताउँछन्। उपलब्ध
कोरोना विषाणु (कोभिड–१९) का कारण बन्दाबन्दी लम्बिएसँंगै काठमाडौँ उपत्यकामा सवारी आवागमनको चाप दिन प्रतिदिन बढ्न थालेको छ । यसले बन्दाबन्दी कार्यान्वयनमा चुनौती थपेको छ ।
पर्सा राष्टिय निकुञ्जभित्रको राजमार्गमा बढ्दो सवारी चाप र तीव्र गतिले वन्यजन्तु मारिने क्रम बढेसँगै चुनौतीसमेत बढेको छ ।
निकुन्ज विस्तारसँगै वन्यजन्तु सडक वरपर आउने भएकाले सवारीको ठक्करबाट मारिने क्रम बढ्दा वनयजन्तु बचाउन निकुन्जलाई चुनौती बनेको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पर्सा राष्ट्रिय निकुन्जको पथलैयादेखि अमलेखगञ्जसम्मको ९ किलोमिटर सडकखण्डमा वन्यजन्तु सडक दुर्घटनामा परी मर्ने क्रम बढेको निकुन्जले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको बताएका छन्। शुक्रबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खनालले उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसंख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल बन्दै गएकाले सबैले ट्राफिकलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती रहेको बताए। उनले…