बागलुङ बजारमा ट्राफिक व्यवस्थापनमा चुनौती

बागलुङ बजारमा  साँघुरा सडक, बढ्दो सवारी चाप, पैदलयात्रुको जथाभावी सड्क काट्ने बानी । यसले सडक दुर्घटना हुने जोखिम बढ्दो छ । बढ्दो ट्राफिक जामले पछिल्लो समय बागलुङ बजारभित्र छोटो दूरीमा पनि लामो समय लाग्ने गरेको सवारी चालकको गुनासो छ । सवारी चालकमात्र होइन, सदरमुकामको बढ्दो ट्राफिक समस्याले स्थानीय बासिन्दा र पैदलयात्रु पनि समस्यामा परेको गुनासो गर्छन् । दैनिकजसो हुने साना ठुला दुर्घटनालाई रोक्न, बढ्दो ट्राफिक जामलाई व्यवस्थान गर्न ट्राफिक प्रहरीले नयाँ नयाँ तरिका अपनाइ रहेको छ । स

सम्बन्धित सामग्री

‘डम्पिङसाइट’ भरिएपछि कोरिडोर दुर्गन्धित

ढोरपाटन (बागलुङ), २२ फागुन । बागलुङ नगरपालिकाले काठेखोला र कालीगण्डकी करिडोर नजिकैको सुतुर्केमा फोहोर फाल्न थालेको एक दशक भयो । त्यसअघि नगरपालिकाले २०५४ सालदेखि कालीगण्डकी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर अहिले सुतुर्केको ‘डम्पिङसाइट’ पनि भरिएपछि फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ । अव्यवस्थित फोहोर व्यवस्थापनबाट सोही स्थान हुँदै दैनिक गुड्ने सयौँ सवारीसाधन र […]

काठमाडौं उपत्यकामा सार्वजनिक बस व्यवस्थापनमा सकस, वर्षेनी चुनौती थपिंदै

काठमाडौं । मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ । देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौं आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो । पुरानो बसपार्क भने अहिले सञ्चालनमा आएको छैन ।            काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस नयाँ बसपार्क छिर्न नमान्दा सार्वजनिक बस सञ्चालनमा सकस भएको हो ।            विशेषगरी अहिले काठमाडौंबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन् । यस्तै, धादिङ, रसुवा नुवाकोट जाने सवारी साधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजु क्षेत्रबाट चल्ने गरेका छन् । गोङ्गबु चोकदेखि बालाजु चोकसम्मको दुई किलोमिटर दूरीमा नयाँ बसपार्क सञ्चालनमा रहे पनि अधिकांश माइक्रोबस तथा ठूला बस सडक छेउबाटै सञ्चालन हुँदै आएका छन् । ट्राफिक प्रहरीले काठमाडौं महानगरपालिका, यातायात व्यवसायी, यातायात व्यवस्था विभागलगायत सरोकारवाला निकायसँगको छलफलमा रातिको समयमा सञ्चालन हुने सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि कतिपय सवारी साधन भने अहिले पनि चक्रपथ वरपरका सडकबाट सञ्चालन हुँदै आएका छन् ।  जनकपुर, वीरगञ्ज, बारा, पर्सालगायतका क्षेत्रमा चल्ने रात्रिकालीन सवारी साधन अहिले पनि गौशालाबाट चल्दै आएका छन् । यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन् । चितवन, नवलपरासी क्षेत्रमा चल्ने माईक्रोबस कलङ्की र हेटौंडा चल्ने सुमोबस बल्खुबाट चल्दै आएका छन् ।            सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि काठमाडौँ महानगरपालिकाले वडा नं २६ गोङ्गबुस्थित विष्णुमति खोला किनारामा १६१ रोपनी क्षेत्रफलमा झण्डै दुई हजार सार्वजनिक सवारी साधन अट्न मिल्ने पार्किङ बनाए पनि कडा नीति नहुँदा अधिकांश सवारी साधन सडकबाटै सञ्चालन हुँदै आएका छन् ।            काठमाडौं महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ सबै सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने गरी काठमाडौं महानगरपालिकाले गृहकार्य थालिरहेको बताउँछन् ।   हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलङ्कीदेखि बालाजु–चाबहिल हुँदै कोटेश्वरसम्म दोस्रो चरणको काम भइरहेकाले सडकबाट बस सञ्चालन गर्न कठिनाइ भइरहेको व्यवसायी बताउँछन् । लमजुङ माईक्रोबस कम्पनीका कर्मचारी विष्णु खत्री नयाँ बसपार्कभित्र माइक्रोबस लैजाँदा माइक्रोबसले बोक्ने यात्रु ठूला बसले बोक्दा माइक्रोबसले यात्रु नपाउने डरले आफूहरुलाई बसपार्कभित्र जान समस्या परेको बताउँछन्।  काठमाडौंको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको छ ।            कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट लामो दूरीका सवारी साधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउँछन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा १९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने १ हजार ५०० हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन् । पछिल्लो समय राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । रासस

बागलुङका बसपार्क :  कतै साँघुरा, कतै प्रयोगविहीन

बागलुङ : दैनिक हजारौँ मानिस आवतजावत हुने ठाउँ हुन् बागलुङ, बुर्तिबाङ र गलकोट बजार। बजार साना छन् तर व्यापार‚ व्यवसाय र मानिसको चाप ठूलो छ यहाँ। भर्खर–भर्खर विकास गति दिँदै गएका यी बजारमा धेरै पूर्वाधार निर्माण हुनै बाँकी छ। भौगोलिक हिसाबले पछाडि परेका यी ठाउँ राष्ट्रिय राजमार्गका कारण छोटो समयमै अनपेक्षित रूपमा विकास भए।तीनवटै बजारमा तीव्र गतिमा बस्ती विस्तार भइरहेको छ। दिनदिनै अव्यवस्थित रूपमा भएको बस्ती बिस्तारले बजार व्यवस्थापनमा चुनौती समेत थपिँदै गएको छ। बढी चुनौती त पार्किङमा छ

फोहरलाई मोहरमा बदल्दै गलकोट नगरपालिका

साउन ७, बागलुङ । विसं २०७३ मा स्थापना भए पनि गलकोट नगरपालिका मध्यपहाडी लोकमार्गको बीच भागमा पर्ने भएकाले चल्तीको पालिकामा पर्दछ । पर्याप्त समथर भू–भाग भएको नगरपालिकाको केन्द्र मजुवाफाँट र हटिया बजारमा घर निर्माण तीव्र गतिमा भइरहेको छ ।  उर्वर भूमि रहेको गलकोट क्षेत्रमा धान झुल्ने खेत विस्तारै शहरमा परिणत हुँदै आएका छन् । बढ्दो शहरीकरणसँगै नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीको विषय बन्न थालेको छ । नगरपालिकामा फोहर व्यवस्थापनका लागि जग्गा अभावले लामो समयदेखि समस्या थियो तर पछिल्लो समय नगरपालिकाले जग्गा भाडामा लिएरै फोहरलाई मोहरमा बदल्न थालेको छ ।  यसअघि हटिया बजारको फोहर गौदीखोलामा फालिँदै आइएको थियो । बजारकै छेउमा फोहर फाल्दा बजार क्षेत्रनै दुर्गन्धित भएको भन्दै जनस्तरबाट नगरपालिकालाई फोहर व्यवस्थापनको वैकल्पिक व्यवस्था गर्न आग्रह हुँदै आएको थियो ।  नगरपालिकाले जग्गा अभावमा फोहरको डम्पिङ साइट खोज्न नसके पछि जग्गा भाडामा व्यवस्थापन गरेर अहिले फोहर प्रशोधन केन्द्र स्थापना गरेको छ । गलकोट–९ स्थित दरमखोला किनार नजिकै जग्गा व्यवस्थापन गरी फोहर प्रशोधन उपकरण जडानसमेत गरिसकिएको छ । कोरोना कहरका कारण फोहर प्रशोधनमा कर्मचारी खटाउन समस्या भएको र आगामी दुई महीनाभित्रै नगरपालिकाले फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।  फोहर व्यवस्थापनका लागि लामो समयको प्रयत्न र पहलमा हटिया बजारभन्दा केही पर वडा नम्बर ९ मा तीन रोपनी जग्गा मासिक रू. २० हजार भाडा तिर्ने गरी व्यवस्थापन गरिएको जग्गामा पूर्वाधार निर्माण गरिएको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।  ‘फोहर फाल्ने डम्पिङ साइट पाएनौँ, त्यसैले केही उपकरण खरिद गरेर फोहर प्रशोधन गरी बिक्री गर्ने नगरपालिकाको नीतिअनुसार प्रशोधन केन्द्रको पूर्वाधार निर्माणसँगै उपकरण जडान भएको छ’, नगर प्रमुख शर्मा गैरेले भने, ‘भाडामा जग्गा लिएर कुहिने फोहर व्यवस्थापन र नकुहिनेलाई प्रशोधन गरी प्याकिङ गरेर बिक्री गर्ने काम अघि बढेको छ, अब सबै तयारी सकिएकाले छिट्टै सञ्चालमा ल्याउने तयारी छ ।’ नगरपालिकाले तीन रोपनी जग्गामा सडक पुर्‍याउने, विद्युतीकरण गर्ने, ट्रस हाल्नेलगायतका पूर्वाधार निर्माणमा रू. २३ लाख र उपकरण खरिद तथा जडानमा रू. १० लाख खर्च गरिसकेको प्रशासकीय अधिकृत तुलबहादुर विश्वकर्माले जानकारी दिए ।  अहिले नगरपालिकाले एउटा ट्र्याक्टरमा फोहर संकलन गर्दै आएको छ । जिल्लामै तीव्र शहरीकरण भएको स्थानमा पर्ने गलकोटमा घर थपिँदै गए पछि फोहर व्यवस्थापनमा चुनौती बढ्दै गएको हो । संकलित कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै व्यवस्थापन गरिने छ ।  कुहिने फोहरको मल बनाइनेछ भने नकुहिने फोहरलाई टुक्राउने, धूने र पुनः प्रयोगका लागि विक्री गरिनेछ । नगरपालिकाले फोहर व्यवस्थापनमा लाग्ने सबै खर्च फोहर प्रशोधनपछि विक्री गरेर उठाउने लक्ष्य राखेको छ । नगरपालिकामा सार्वजनिक जग्गा अभाव रहेका कारण व्यक्तिको जग्गा खरिद गर्दा निकै महँगो भएपछि भाडाको जग्गामा फोहर व्यवस्थापन गर्न थालिएको हो ।  फोहरलाई मोहर बनाएर बिक्री गर्ने योजना नगरपालिका स्थापना भएको पाँच वर्षमा पूरा हुन थालेको नगरपालिकाले जनाएको छ । गलकोटमा जग्गा अभावकै कारण बसपार्क नहुँदा सडकमै सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ । रासस