जथाभावी पार्किङले ट्राफिक अस्तव्यस्त

गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा सवारी साधन पार्किङ गर्न निश्चित क्षेत्र तोकिएको छैन । यसले ट्राफिक व्यवस्थापनमा चुनौती बढ्दै गएको छ । बजार क्षेत्रमा सडक दायाँबायाँ पार्किङ गरिँदा अत्यधिक सवारी चाप रहने समय (बिहान १० र साँझ ४ बजे) मै जाम बढ्दै गएको छ । यो समयमा दुर्घटनाको अनुपात पनि अधिक हुने गरेको छ ।

सम्बन्धित सामग्री

जथाभावी पार्किङले ट्राफिक अस्तव्यस्त

बिहानको ७ बज्यो । ई–रिक्सा चालक केदार तिमल्सिना दायाँबायाँ हेर्न थाल्छन् । कान तिखो पारेर सिठी बजेको छ–छैन, सुन्छन् । उनले यात्रु हेरेका होइनन्, ट्राफिक प्रहरी आएर लखेट्लान् भनेर चनाखो बसेका हुन् । ड्युटीमा खटिएका ट्राफिक प्रहरीको सिठी र हप्कीदप्कीबाट ई–रिक्सा, माइक्रो र टेम्पो चालकको दैनिकी यस्तै संशयबाट सुरु हुन्छ ।

जताततै पार्किङ‚ अस्तव्यस्त सहर (फोटो फिचर)

काठमाडौं : संघीय सरकारको राजधानी रहेको काठमाडौं उपत्यकामा जनघनत्वसँगै सवारी साधनको संख्या पनि बढिरहेको छ। अव्यवस्थित सहर र जथाभावी हुने पार्किङले सहरको सौन्दर्य पनि नासिँदै गएको छ।सहरभित्रका सडक, फुटपाथ, खुलास्थानमा जताततै सवारीसाधन पार्किङ गरेको देखिन्छ। यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकार समेत कुण्ठित हुन थालेको छ। सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङ तथा अव्यवस्थित पार्किङले उपत्यकावासीले दैनिक सास्ती भोगिरहेका छन्।यिनै समस्याका काठमाडौं र ललितपुर

वसन्तपुरमा फुटपाथ व्यापार र सवारी पार्किङ गर्न नपाइने

काठमाडौं : ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा फुटपाथ पसल र सवारी पार्किङमा रोक लगाइएको छ।जथाभावी सवारी पार्किङ र फोहोरमैलाका कारण दरबार क्षेत्र अस्तव्यस्त भएकाे भन्दै हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमले यस्ताे निर्णय गरेको हो। दरबार क्षेत्र संरक्षण कार्यक्रमको संयोजनमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी पर्यटन, नेपाली सेना, पुरातत्व विभाग, सम्पदा अभियन्ता र स्थानीयको सहकार्यमा सोमबारबाट हनुमानढोका दरबार क्षेत्र व्यवस्थापन र संरक्