मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी व्यापक रूपमा भइरहेको छ । दीपावली सकिएलगत्तै तराई–मधेसमा छठ पूजाका सामग्री किनमेलमा व्यस्त छन् भने विभिन्न लातलैयाहरुलाई सोमबारदेखि दुलहीझैँ सजाइँदैछ ।छठपर्व मनाउन विभिन्न तालतलैया तथा पोखरीको डिल र नदीतटको समेत सरसफाइ गर्दै आ–आफ्ना लागि पूजास्थल सुरक्षित बनाउनमा श्रद्धालु भक्तजनहरु व्यस्त छन् । घाट निर्माणमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका कामहरु धमाधम भइरहेको छ ।जनकपुरधामको गंगासागर, धनुषसागर, दशरथ सागर,