निर्माण व्यवसायी शरद गौचनको गोली हानी हत्या भएको बिरोधमा उनका परिवार, आफन्त तथा निर्णण व्यावसायीहरुले बाटो बन्द गरी नाराबाजी गरेकमा छन् । साथै उनीहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै हत्यारा पत्ता...पूरा पढ्नुहोस् »
काठमाडौँ– सर्वोच्च अदालतमा रहेको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले न्यायालयलाई राजनीतिक भर्ती केन्द्र र आफन्तलाई जागिर खुवाउने थलो बनाउने कार्य नगर्न न्याय परिषद्को ध्यानाकर्षण गराएको छ। सर्वोच्च अदालत विभागीय समितिले एक विज्ञप्ति जारी गर्दै बुधबार जिल्ला, उच्च र सर्वोच्चसम्म नियुक्ति न्यायाधीश हुँदा यसरी भागबन्डा गर्ने कार्य भएमा आफूहरू आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ । […]
सिन्धुली । सिन्धुली अस्पतालका १४ जना डाक्टरहरुले सेवा बन्द गर्ने घोषणा गरेका छन् । यसअघि गर्भवतीको मृत्यु भएको घटनालाई लिएर आफन्त र स्थानीयले तोडफोड गरेपछि ठप्प रहेको सिन्धुली जिल्ला अस्पतालको सेवा सुचारु भएको थियो । तर घटनाका कारण भौतिक क्षति तथा स्वास्थ्यकर्मीको मानसपटलमा पुग्न गएको असरका कारण स्वस्थरुपमा बिरामीको उपचार गर्न सक्ने क्षमता आइनसकेकोले मानसिकरुपमा […]
काठमाडौं । मासुका विभिन्न परिकारको स्वादमा रमाउँदै आफन्त र साथीभाई माझ दशैं मनाउँदै हुनुहुन्छ भने खानपानमा तपाईले पक्कै ध्यान दिनुपर्छ । मासुलाई सन्तुलित भोजनमा संलग्न गराएर फाइदा त लिन सकिन्छ । तर अत्यधिक खाँदा स्वास्थ्यमा जटिलता निम्तन सक्छ । प्राय घरभित्रै मिठो खानपानका साथ मनाइने यो चाडमा शरीरलाई आवश्यक व्यायाम पनि कम हुँदा स्वास्थ्यमा नकारात्मक […]
काठमाडौं- गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने भनि गैर कानूनी ठगी गरिरहेको भन्दै यस्तो कार्यगर्नेमाथी कारबाही गर्ने चेतावनी दिएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले त्यस्ता गतिविधि नगर्न नगराउन अन्य व्यक्ति, समूह, आफन्त, साथीभाइ समेतलाई सचेत गराउन अनुरोध गरेको छ ।...
काठमाडौं- गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने भनि गैर कानूनी ठगी गरिरहेको भन्दै यस्तो कार्यगर्नेमाथी कारबाही गर्ने चेतावनी दिएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले त्यस्ता गतिविधि नगर्न नगराउन अन्य व्यक्ति, समूह, आफन्त, साथीभाइ समेतलाई सचेत गराउन अनुरोध गरेको छ ।...
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको समीक्षाले घरजग्गा कारोबारमा झनै संकट थपेको छ । अचाक्ली भाउ बढेर किनबेच नै घटिरहेको अवस्थामा मौद्रिक नीतिको व्यवस्थाले कारोबार झन संकटमा पुगेको हो ।अर्थतन्त्रमा हाल देखिएका समस्या समाधान गर्न भन्दै मौद्रिक नीतिको समीक्षामार्फत घरजग्गा कर्जामा कडाई गर्ने नीति राष्ट्र बैंकले अघि सारेका कारण जोखिम बढेको व्यवसायीहरु बताउँछन् । राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने कर्जालाई जहिल्यै अनुत्पादक क्षेत्रको लगानी भन्ने गरेकामा व्यवसायीहरु सन्तुष्ट छैनन् ।मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाइ गर्ने भनेको छ । राष्ट्र बैंकले घरजग्गामा लगानी हुने बैंकको कर्जामा पुनरावलोकन गर्ने भनेपनि कसरी हुने र कति हुने भन्ने उल्लेख गरिएको छैन । कारोबार सुस्ताउने पक्काकोरोना महामारीपछि हरेक महिना कारोबार संख्या र राजस्व संकलनमा रेकर्ड गर्दै आएको घरजग्गा कारोबार अहिले विस्तार सिथिल हुँदै गएको छ । एकातिर जग्गाको भाउ अचाक्ली बढेको र अर्कोतिर वित्तीय प्रणालीमा तरलता अभाव हुँदा एक पछि अर्को महिना घरजग्गा कारोबारमा मन्दी आईरहेको छ ।यस्तै अवस्थामा राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत घरजग्गामा प्रवाह हुने कर्जामा कडाई गर्ने भनेपछि माघको तुलनामा फागुन महिनामा कारोबार झन सुस्ताउने अनुमान हुन थालेको छ ।यो पनिःदुर्घटनाको ‘मुखै’मा घरजग्गा कारोबार, प्लटिङ गर्नेदेखि ‘एजेण्ट’सम्मको उठिबासको संकेतचालु आर्थिक वर्षको सुरुवातबाटै वित्तीय प्रणालीमा तरलता अभावका कारण साउनदेखि नै घरजग्गा कारोबार खासै हुन सकेको थिएन । बैंकहरूले ऋण लगानी गर्न नसक्ने अवस्था आएपछि घरजग्गा कारोबार सुस्ताउँदै आएको छ । माघमा घरजग्गा कारोबारमार्फत ३ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो रकम फागुनमा घट्ने निश्चितप्रायः छ ।दुर्घटनाको जोखिममा घरजग्गा कारोबारनेपालको घरजग्गा व्यवसाय तथा कारोबारको क्षेत्र औपचारिक भईसकेको छैन । यसकारण यो क्षेत्र जोखिममा पर्न सक्छ भनेर अर्थ मन्त्रालय, राष्ट्र बैंक लगायतले चेतावनी दिने बाहेक अर्को विकल्प सुझाउन पनि सक्ने अवस्था छैन ।असोज पछिको कारोबारले घरजग्गा कारोबार तत्कालै लयमा फर्किने अवस्था देखिएको छैन । पौष महिनाको कारोबारले त झन घरजग्गाको मन्दी अझै केही समय लम्बिन सक्ने देखाएको छ ।विप्रेषण आप्रवाह (रेमिट्यान्स) बाट अर्थतन्त्रको चेन घुम्ने नेपालमा अहिले रेमिट्यान्स घट्दो छ । रेमिट्यान्स घट्दो र महँगी बढ्दो छ । महँगी बढेका कारण विदेशबाट पठाएको रकम केवल घर खर्चमै खुम्चिँदा आफन्त विदेशमा भएकाहरुले घरजग्गा जोड्न सकेका छैनन् ।अहिले राष्ट्र बैंकले घरजग्गा कारोबारको इन्डेक्सको अध्ययन गरिरहेको छ । स्रोतका अनुसार राष्ट्र बैंकको अब प्रकाशित हुने अध्ययनले नाफा कमाउन बैंक तथा वित्तीय संस्थाबाट मोटो रकम ऋण लिएर घरजग्गामा लगानी गरेकाहरुको लगानी कुनैपनि बेला डुब्न सक्ने देखाउने छ ।‘घरजग्गाको मूल्य जति बढ्नुपर्ने हो, करिब करिब बढिसक्यो, नाफाक कमाउन करोडौ ऋण लिएर जग्गामा लगानी गरेकाहरुको लगानी फस्ने मात्रै होइन, डुब्ने हुने संकेत देखिएका छन्’ राष्ट्र बैंक स्रोत भन्छ, ‘यो १ दशकमा भएको घरजग्गाको मूल्य वृद्धिलाई प्राकृतिक मान्न सकिन्न, घरजग्गाको मूल्य वृद्धिको अन्तिम बिन्दु टाढा छैन भन्ने नै देखिएको छ, त्यसकारण यो क्षेत्र दुर्घटनाकै जोखिममा छ ।’
महिला पत्रकारहरू आफूले सामाजिक सञ्जालमा फरक विचार राख्नेबित्तिकै नराम्रा म्यासेजले फेसबुक र ट्विटरका इन्बक्स भरिने गरेको बताउँछन्। उनीहरूका अनुसार पहिलेपहिले मौखिक अपमान सहनुपथ्र्याे, परिवर्तनका पक्षमा, समानता र समावेशिताका पक्षमा उभिँदा आसपासका आफन्त र छिमेकी वा परिचितहरूबाट दायरा नाघेको भन्दै चेतावनी आउने गथ्र्यो।
सुर्खेत : नेपाल सरकारको गरिब घर पहिचान कार्यक्रम अन्तर्गतक सुपरिवेक्षक र गणक छनोट गर्ने विषयमा सुर्खेतको पञ्चपुरी नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच विवाद भएको छ।
आफन्त छनोट नभएपछि नगर प्रमुख र उपप्रमुखले प्रमुख प्रशासकीय अधिकृत हरी देवकोटालाई सहयोग नगर्ने कर्मचारी आवश्यक नरहेको भन्दै कार्यालयमा काम नगर्न चेतावनी दिएको दे...