युक्रेनलाई हराउँदै स्कटल्यान्ड शीर्ष स्थानमा

युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ‘बी’ ग्रुप वानको खेलमा स्कटल्यान्डले युक्रेनलाई ३-० ले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा तीन जित र एक हारसहित स्कटल्यान्ड नौ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो। समान खेलमा दुई जित, एक हार र एक बराबरीको नतिजा निकालेको युक्रेन दोस्रो स्थानमा झरेको छ। तेस्रो स्थानको आयरल्यान्डको […]

सम्बन्धित सामग्री

नेपालमा क्लिन स्विप भोगेको क्यानडाको लिग-२ को पहिलो श्रृंखलामा शतप्रतिशत जित

काठमाडौं- विश्वकप लिग-२ को तयारीका लागि गत फेब्रुअरीको दोस्रो साता नेपाल भ्रमण गरेको क्यानडाका लागि नेपाल यात्रा सुखद रहेन। तीन खेलको एकदिवसीय सिरिजमा नेपालसँग सबै तीन खेल गुमायो। कमजोर मनोबल सहित युएई पुगेको क्यानडाले आफ्नो पहिलो श्रृंखलामा भने अविश्वसनिय रुपमा सबै ४ खेल जित्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। युएई, क्यानडा र स्कटल्यान्ड समिलित […]

आयरल्यान्ड र स्कटल्यान्ड टि२० विश्वकपमा

एजेन्सी – आयरल्यान्ड र स्कटल्यान्डले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा स्थान बनाएका छन् । आइसिसी टि२० विश्वकप युरोप क्षेत्र छनोटमा घरेलु टोली स्कटल्यान्ड र आयरल्यान्ड शीर्ष दुईमा रहँदै विश्वकपमा स्थान पक्का गरेका हुन् । स्कटल्यान्डले डेनमार्कलाई ३३ रनले हराउँदै विश्वकपमा स्थान पक्का गर्यो स्कटल्यान्ड ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै […] The post आयरल्यान्ड र स्कटल्यान्ड टि२० विश्वकपमा first appeared on Hamro Khelkud.

नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा खराब ब्याटिङसँगै नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको छ । स्कटल्यान्ड नेपाललाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डका क्रिस्टोफर मिकब्राइड ४७ बलमा ७ चौकासहित सर्वाधिक ४३ रनमा […]

स्कटल्यान्ड शीर्ष स्थानमा रहँदै शीर्ष १२ मा

स्कटल्यान्ड क्वालिफायर समूह बी मा शीर्ष स्थानमा रहँदै शीर्ष १२ मा पुगेको छ। टेष्ट टोली बंगलादेशलाई पछि पार्दै स्कटल्यान्डले शतप्रतिशत नतिजा निकाल्दै समूह विजेताका रुपमा अन्तिम १२ मा स्थान बनाएको हो। समूह बी को अन्तिम खेलमा स्कटल्यान्डले घरेलु टोली ओमानलाई ८ विकेटले पराजित गर्दै शिर्ष स्थान पक्का गरेको हो।उक्त समूहमा उपविजेताका रूपमा बंगलादेशपनि सुपर १२ मा पुगेको थियो। जितको लागि १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको स्कटल्यान्डले १७ ओभरमा २ विकेट गुमाएर सहज रुपम जित ८ विकेटको जित निकाल्यो।उसका ला

ओमानविरुद्द नेपालको ऐतिहासिक जित

कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखको कीर्तिमानी साझेदारीको मद्दतमा नेपालले ओमानमाथि ऐतिहासिक जित निकालेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै ओडिआई क्रिकेटमा ओमानलाई पहिलो पटक पराजित इतिहास रचेको हो । जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ल ४६ बलमा ४ चौका र २ छक्का सहित ५२ रनमा अविजित रहे । शरद भेषावकर पनि विजयी रन बटुल्दै १ रनमा अविजित रहे ।ज्ञानेन्द्रले ४३ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक प्रहार गरे । योसँगै उनी नेपालका लागि ओडिआईमा ४ अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।युवा ब्याट्सम्यान तथा ओपनर आसिफ शेखले ४४ बलमा ७ चौका सहित ४० रन जोडे । आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९५ रनको कीर्तिमानी साझेदारी गरेका थिए । ओडिआई क्रिकेटमा यो उच्च स्कोरको साझेदारी हो ।ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल कलिमुल्लाहको चौथो ओभरको पहिलो बलमा खराब सटका साथ फस्ट स्लिपमा जतिन्दर सिंहबाट ६ रनमा क्याच आउट भए । रोहित कुमार पौडेल ६ रनमा आउट भए । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमान ३७.१ ओभरमा १ सय २१ रनमा अल आउट भयो । ओमानका कप्तान जिशान मकसुदले ६६ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ४१ रन बनाए । नेपालको कसिलो बलिङसामू ओमानका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउनै सकेनन् । करणको तेस्रो ओभरको चौथो बलमा ओपनर जतिन्दर सिंह फस्ट स्लिपमा आसिफ शेखबाट १३ रनमा क्याच आउट भए । पहिलो खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका जतिन्दरले दोस्रो खेलमा १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । जतिन्दर आउट भएपछि ओमानको विकेट लगातार झर्यो ।करणको सातौं ओभरको पाँचौ बलमा डेब्यू खेल खेलेका सुफ्यान मोहम्मद ४ रनमा सुशान भारीबाट क्याच आउट भए । नवौं ओभरको पाँचौं बलमा करणले अयान खानलाई ७ रनमा बोल्ड आउट गरिदिए । त्यसपछि लेग स्पिनर सन्दीप लामिछानेले ११ औं ओभरको अन्तिम बलमा मोहम्मद नदीमलाई ४ रनमा एलबीडब्लू आउट गरे । सन्दीपले नै १४ औं ओभरको चौथो बलमा नेपाली मुलका विकेटकिपर सुरज कुमारलाई शून्यमा बोल्ड आउट गरे । लगत्तैको अर्को बलमा नेस्टर धम्बालाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक नजिक पुगेका थिए । शरद भेषावकरले २ विकेट लिए । शरदको २२ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका सन्दीप गौडे सुशान भारीबाट ८ रनमा क्याच आउट भए । ओडिआईमा शरदको यो पहिलो विकेट हो । शरदले ३० औं ओभरको चौथो बलमा नसीम खुसी १२ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए ।तल्लोक्रमका कलिमुल्लाह १२ र विलाल खानले ९ रन बनाए ।नेपालका लागि सन्दीप लामिछानेले ८.१ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिए । करण केसीले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ४ विकेट लिए । स्पिनर शरद भेषावकरले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए ।योसँगै नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक जोड्दै अंक तालिका चौथो स्थानमा उक्लिएको छ ।ओमान १३ खेलमा १० मा जित र ३ मा हारसहित २० अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १५ खेलमा ७ मा जित र ८ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ ।नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ । नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंकसहित पाँचौं स्थानमा । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै छैठौँ स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमा सबै हार ब्यहोर्दै अंकविहिन हुँदै पुछारमा छ ।

युरोकपमा आजराति दुई खेल हुँदै

एजेन्सी। युरोकपको समूह चरणअन्तर्गत आजराति समूह ‘डी’ का दुई खेलहरु हुनेछन्। नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुने खेलमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन्। चेक रिपब्लिक ४ अंकसहित समूह ‘डी’ को शीर्ष स्थानमा छ भने समान अंक भएको इंग्ल्यान्ड, १ अंक जोडेको क्रोएसिया तेस्रो र स्कटल्यान्ड चौथो स्थानमा छ ।

चेक रिपब्लिकनसँग स्कटल्यान्ड स्तब्ध

स्ट्राइकर प्याट्रिक सिकको दुई गोलको सहयोगमा सोमबार राति युरोकप फुटबल प्रतियोगितामा चेक रिपब्लिकनले स्कटल्यान्डमाथि २–० को सनसनी जित दर्ता गरेको छ । समूह ‘डी’मा चेक रिपब्लिकन जितका साथ शीर्ष स्थानमा...

युरोकप फुटबलमा इङल्यान्डको सुखद सुरुवात

एजेन्सी। रहिम स्टर्लिङले गरेको निर्णायक गोलमा क्रोएसीयालाई१–० ले पराजित गर्दै युरोकप फुटबलमा इङल्यान्डले सुखद सुरुवात गरेको छ। लण्डनको वेम्बली रंगशालामा सम्पन्न खेलमा इङल्यान्डका लागि रहिम स्टर्लिङले खेलको ५७औं मिनेटमा निर्णायक गोल गरे। रहिमले केभिन फिलिप्सले गरेको असिस्टमा गोल गरेका हुन्। जीतसँगै३ अंक जोडेको इङल्यान्ड समूह ‘डी’को शीर्ष स्थानमा पुगेको छ।समूह ‘डी’मा इङल्यान्ड र क्रोएसीयासँगै स्कटल्यान्ड र चेक गणतन्त्र छन्।

स्कटल्यान्ड क्रिकेट लिग–२ च्याम्पियन

प्रारम्भिक ब्याट्सम्यान जर्ज मुन्से विस्फोटक अविजित शतकीय पालि खेलेपछि स्कटल्यान्डले बुधबार नामिबियालाई सजिलै १० विकेटले हराएर आईसीसी विश्वकप क्रिकेट लिग–२ च्याम्पियन बनेको छ। स्कटल्यान्ड तीन खेलअघि नै च्याम्पियन बनेको हो। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा एक टिमले ३६ खेल खेल्नुपर्ने प्रावधान छ। स्कटल्यान्डले ३३ खेलमा २३ मा जित र आठमा हारसहित ४८ अङ्क बनायो। अब अन्य छ टिमले पछाडि पार्न नसक्ने स्थिति बनेपछि शीर्ष स्थानमा रहेको स्कटल्यान्डले उपाधि जितेको हो। ३६ खेल खेलेको ओमानले ४४ अङ्क बनाएको छ। तेस्रो स्थानमा रहेको नामिबियाले ३२ खेलमा ३७ अङ्क बनाएको छ। नेपाल २५ खेलमा नौ जित १४ हारसहित २० अङ्कमा छ। सात टिम सम्मिलित विश्वकप क्रिकेट लिग–२ मा नेपाल छैटौँ स्थानमा रहेको छ।

स्कटल्यान्डविरुद्ध टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै

आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत स्कटल्यान्ड विरूद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जिम्बोवेको बुलावायो मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा एक बजेबाट सुरु हुनेछ। जारी प्रतियोगितामा स्कटल्याण्डले खेलेका दुई खेलमा दुबैमा जित निकाल्दै समूह बी को शीर्ष स्थानमा रहेको छ । उसले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले हराएको थियो…