धनुषा – भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको ३५ लाख भन्दा बढीको समान धनुषा प्रहरीले बरामद गरेको छ । बरामद भएको सामान जनकपुर भन्सार कार्यालयलाई बुझाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनामा पर्ने सडकखण्डबाट ६ लाख ३६ हजार ३ सय बराबरको किरानाका सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयाे । त्यस क्रममा प्रहरीले ज १ ह ४७८१ नम्बरको अटो रिक्सा चालक जनकपुरधाम उपमहानगरपालिका –२५का सन्तोष झा धनुषाको धनौज...