पर्यटन बोर्डका सीईओको हर्कत: भन्सारका कर्मचारीलाई झापड, ५ हजार तिरेर लिखित माफी मागेपछि छुटे

भन्सार छलेर गैरकानूनी रूपमा विदेशबाट रक्सी भित्र्याउँदै गर्दा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।  भन्सारका कर्मचारीलाई सार्वजनिक रूपमा दुर्व्यवहार गरेका रेग्मीलाई लिखित रूपमा क्षमा याचना गराएर छाडिएको छ । बेलायतबाट फर्किँदै गर्दा कात्तिक २० गते शनिवार रेग्मीले भन्सारका कर्मचारीलाई झापड हानेका थिए । ‘आफू देश चलाउने व्यक्ति’ भएको भन्दै रेग्मी कर्मचारीमाथि जाइलागेका थिए । विमानस्थल सुरक्षा स्रोतका अनुसार सीसीटीभी फूटेजमा रेग्मीले विमान...