प्रतिनिधिसभा बैठक बस्दै, देउवाले लैजालान् एमसीसी ?

प्रतिनिधिसभा बैठक शुक्रबारका लागि बोलाइएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकका लागि संसद सचिवालयले एमसीसीबाहेकको सम्भावित कार्यसूची तय गरिसकेको छ ।  सम्भावित कार्यसूचीमा एमसीसी नराखी प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने भनेर राखिएको हो । बिहीबारको गठबन्धनको बैठकमा भने देउवाले शुक्रबारको बैठकमा आफूले एमसीसी टेबल गर्ने बताएका थिए । अब कार्यव्यवस्था परामर्श समितिको बैठकबाट एमसीसीको कार्यसूची राख्ने एउटा बाटो खुला रहेको छ । देउवाले एमसीसी टेबल गरेमा गठबन्धन फुट्ने देखिए...

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । आजको बैठकमा हुने कार्यक्रमको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्म स्थगित

प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको छ।  बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो। साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ ।

प्रतिनिधिसभा बैठक शुरु (लाइभ भिडियोसहित)

काठमाडौँ, १५ फागुन । प्रतिनिधिसभा बैठक शुरु भएको छ । नयाँ बानेश्वर स्थित संसद् भवनमा बैठक शुरु भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरुले वेलमा आएर विरोध प्रदर्शन गरिरहेका छन् । अमेरिकी सहायता परियोजना एमसीसीमाथि प्रतिनिधि सभामा छलफल शुरू भएको छ। अर्थ मन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि छलफल गरियोस् भने प्रस्ताव […]

एमसीसी सम्झौता टेबल , फागुन १२ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । एमसीसी सम्झौता संसदमा पेस हुँदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका […]

प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्म स्थगित

प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ।  आइतबारको बैठकमा विवादित बनेको एमसीसी टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् । बैठकमा अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गरे भने सो क्रममा सत्तापक्षकै र विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए । नाराबाजीकै क्रममा कार्कीले एमसीसी टेबल गरेका हुन् । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए ।यस्तै नेकपा माओवाद

प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी संसद्को कार्यसूचीमा

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको संसद्को कार्यसूचीमा अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता लगायत विषयलाई समावेश गरिएको छ।...

आज प्रतिनिधिसभा बैठक बस्दै, सम्भावित कार्यसूचीमा छैन एमसीसी

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । संसद सचिवालयले बैठकको सम्भावित कार्यसूचीमा आइतबार पनि विवादित बनेको एमसीसी सम्झौतालाई राखेको छैन ।  सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर दउवाले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल गर्न चाहेका छन् । तर सत्तारुढ दलमै विवाद हुँदा टेबल हुन सकिरहेको छैन ।

प्रतिनिधिसभा बैठक बस्दै : एमसीसी पेश गर्ने तयारी

काठमाडौं – संघीय संसद्को प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक आइतबार दिउँसो १ बस्नेछ। सचिवालयले शनिबार सार्वजनिक गरेको कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी समावेश गरिएको छैन। तर, सत्ता गठबन्धनका दलले एमसीसीको विषयमा संसदमा छलफल हुनुपर्नेमा सहमति जनाएका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदमा पेश गरेर छलफल गर्ने निर्णय गरेको छ। शनिबार बसेको स्थायी […]

आज प्रतिनिधिसभा बैठक : एमसीसी टेबल गर्ने तयारी

प्रतिनिधिसभा बैठक बुधबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी  गरेको छ । संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको थिएन । सो कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परि

प्रतिनिधिसभा बैठक शुरू भएकै दिन एमसीसी 'टेबुल' गर्ने तयारी

सरकारले प्रतिनिधिसभा बैठक शुरू भएकै दिन अमेरिकी सहयोग परियोजना (एमसीसी) 'टेबुल' गर्ने तयारी गरेको छ। सोमबारका लागि डाकिएको प्रतिनिधि सभाको बैठक बुधबारसम्म स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध नगरे सम्भवत बुधबार नै एमसीसी टेबुल हुनेछ । एमसीसी अघि बढाउने विषयमा सत्तारूढ गठबन्धनमा सहमति भएको दाबी गरिएको छ। काग्रेस नेता रामचन्द्र पौडेलले एमसीसी परियोजनालाई कसैले रोक्न नसक्ने भन्दै संसद्मा टेबल गर्ने तयारी भइरहेको बताए । 'अब एमसीसी संसद्मा टेबुल हुन्छ, सभामुखले पनि रोके...