सरकारले प्रतिनिधिसभा बैठक शुरू भएकै दिन अमेरिकी सहयोग परियोजना (एमसीसी) 'टेबुल' गर्ने तयारी गरेको छ।
सोमबारका लागि डाकिएको प्रतिनिधि सभाको बैठक बुधबारसम्म स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध नगरे सम्भवत बुधबार नै एमसीसी टेबुल हुनेछ । एमसीसी अघि बढाउने विषयमा सत्तारूढ गठबन्धनमा सहमति भएको दाबी गरिएको छ।
काग्रेस नेता रामचन्द्र पौडेलले एमसीसी परियोजनालाई कसैले रोक्न नसक्ने भन्दै संसद्मा टेबल गर्ने तयारी भइरहेको बताए । 'अब एमसीसी संसद्मा टेबुल हुन्छ, सभामुखले पनि रोके...