प्रविधिको विकास र आधुनिक जीवनशैलीका कारण पछिल्लो समय हातले गाँस्ने दुनाटपरी हराउँदै जान लागेका छन् । मेसिनबाट बनेका दुनाटपरीको प्रयोग तथा प्लास्टिकका थाल र सामग्री प्रयोग गर्न सजिलो हुन थालेपछि हाते दुनाटपरी लोेपोन्मुख अवस्थामा पुगेको हो । साथै नयाँ पुस्तामा दुनाटपरी लगाउने सीपको कमीका कारणले यसको प्रयोग हराउँदै गएको हो । धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरीभन्दा प्लास्टिकका भाँडाको प्रयोग बढ्न थालेपछि पाका पुस्ता चिन्तित हुन थालेका छन् ।पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्ध