काठमाण्डाै - प्रविधिको विकास र आधुनिक जीवनशैलीका कारण पछिल्लो समय हातले गाँसेका दुनाटपरी हराउँदै जान लागेका छन् ।
मेसिनबाट बनेका दुनाटपरी तथा प्लास्टिकका थाल र सामग्री प्रयोग गर्न सजिलो हुन थालेपछि हाते दुनाटपरी लोपोन्मुख अवस्थामा पुगेको हो । साथै नयाँ पुस्तामा दुनाटपरी बनाउने सीपको कमीका कारणले पनि यसको प्रयोग हराउँदै गएको हो ।
धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरीभन्दा प्लास्टिकका भाँडाको प्रयोग बढ्न थालेपछि पाका पुस्ता चिन्तित हुन थालेका छन् ।
पूजाआजा, विवाह,...