काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले बिहीवार काठमाडौंको मिनभवनस्थित विश्व शान्ति विहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयका विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । इन्स्योरेन्सले भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीलाई प्रतिविद्यार्थी वार्षिक रू. १२ हजारको दरले रू. १ लाख २० हजार बराबरको छात्रवृत्ति प्रदान गरेको हो । कम्पनीले गत माघ २२ गते निधन भएका संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको १२औं दिनको पुण्यतिथिमा उनको स्मृतिमा उक्त छात्रवृत्ति प्रदान गरेको बताएको छ ।
काठमाडाैँ । नेपालका थेरवाद बौद्ध शासनका जेष्ठ बौद्ध अनागारिका माधवी गुरुमाँको बिहीबार अन्त्येष्टि गरिएको छ । उहाँको बिहीबार ललितपुरको शंखमुल घाटमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो । ९२ वर्षिय माधवी गुरुमाँको बुधबार उपचारको क्रममा सुमेरु अस्पतालमा निधन भएको थियो । नेपाल अनागारिका संघको महासचिव समेत रहनुभएकी माधवीले भारतको कुशीनगरमा १८ वर्षको उमेरमा भिक्षु […]
काठमाडौं, फागुन १ । कोरोना संक्रमणका कारण पहिलो पटक नेपाली थेरवाद बौद्ध भिक्षुको निधन भएको छ । ३६ वर्षको उमेरमा थेरवाद बौद्ध भिक्षु विनितको लस एन्जलस, अमेरिकामा उपचारका क्रममा शनिवार निधन भएको हो । अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र, लस एन्जलस, अमेरिकामा करिव १० वर्ष देखि ध्यान भावना र धर्म अभ्यास गर्दे आउनु भएका भिक्षु विनितले […]
भियतनामका प्रख्यात बौद्ध भिक्षु थिच नहाट हानको शनिबार ९५ वर्षको उमेर निधन भएको छ । उनी एक प्रख्यात भियतनामी बौद्ध भिक्षु, शान्ति कार्यकर्ता र भियतनाम युद्धको विरोधमा आवाज निकाल्ने अग्रणी व्यक्तित्त्व थिए ।
काठमाडौं । ‘फादर अफ माइन्डफुलनेस’को रूपमा चिनिएका विश्व प्रसिद्ध भियतनामी बौद्ध भिक्षु थिच न्हाट हानको निधन भएको छ। ९५ वर्षको उमेरमा शनिबार भियतनामको ह्युमा रहेको तु हिउ मन्दिरमा उहाँको शान्तिपूर्वक निधन भएको जेन बौद्ध शिक्षण संस्था, इन्टरनेशनल प्लम भिलेज कम्युनिटीले जनाएको छ। जेन बौद्ध भिक्षु, कवि र शान्ति अभियन्ता हान, सन् १९६० मा भियतनाम युद्धको […]
विश्व प्रशिद्ध बुद्धिस्ट भिक्षु थिक न्हात हान्हको निधन भएको छ। भियतनामी भिक्षुको ९५ वर्षको उमेरमा शनिबार निधन भएको हो। उनको जेन संस्था प्लम भिलेजले वक्तव्य जारी गरेर भिक्षु थिकको ह्यूस्थित तु हिउ टेम्पलमा निधन भएको जानकारी दिएको हो। लेखक तथा शान्ति अभियन्ता भिक्षु थिकलाई ‘फादर अफ माइण्डफुलनेश’ का रुपमा लिने गरिन्छ। भिक्षु थिक सन् १९६० […]
संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरको निधन भएको छ। सुमेरु अस्पतालमा उपचाररत उनको शुक्रबार विहान ४ः३० बजे उनको निधन भएको थियो। मृगौला रोगबाट पीडित उनी ८१ वर्षका थिए। उनको पार्थिव शरीर दर्शनको लागि विहान १० बजेबाट नयाँ बानेश्वर स्थित विश्वशान्ति विहारमा राखिएको थियो।