लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा छात्रवृत्ति प्रदान

काठमाडौं  । लुम्बिनी जनरल इन्स्योरेन्सले बिहीवार काठमाडौंको मिनभवनस्थित विश्व शान्ति विहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयका विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । इन्स्योरेन्सले भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीलाई प्रतिविद्यार्थी वार्षिक रू. १२ हजारको दरले रू. १ लाख २० हजार बराबरको छात्रवृत्ति प्रदान गरेको हो । कम्पनीले गत माघ २२ गते निधन भएका संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको १२औं दिनको पुण्यतिथिमा उनको स्मृतिमा उक्त छात्रवृत्ति प्रदान गरेको बताएको छ ।