खोटाङका भूकम्पपीडितलाई दोस्रो र तेस्रो किस्ताबापतको रकम निकासा दिन तयारी थालिएको छ । पहिलो किस्ता पाएपछि आवास निर्माण सुरु गरेका भूकम्पपीडितलाई प्राविधिक मूल्यांकन गरेर दोस्रो र तेस्रो किस्ताबापतको रकम निकासा दिने तयारीस्वरुप बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय ओखलढुंगाले खोटाङका स्थानीय तहमा खटाइएका इन्जिनियर तथा प्राविधिकलाई राखेर अभिमुखीकरण कार्यक्रम गरेको छ ।