काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग नेपालका लागि मित्रराष्ट्र जापानका महामहिम राजदूत युताका किकुताबीच भेट भएको छ। थपलिया र किकुताबीच बुधबार भेटवार्ता भएको हो।
उक्त भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको निर्वाचन सम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भयो।