ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि जापानका राजदूत किकुता याताकाले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–जापान सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ । सो अवसरमा मन्त्री भुसालले जापान सरकारको समेत सहयोगमा निर्माण भएको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको सुक्खायाममा हुने ऊर्जा सङ्कट समाधानका लागि महत्वपूर्ण रहेको …