ताप्लेजुङ। फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ। केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै आएको छ। गत सातामा भालुको आक्रमणबाट आठ खसीबाख्रा मरेका छ भने तीनवटा घाइते भएका छन्। हाङ्देवास्थित बुङ्कुलुङको धुपौरे क्षेत्रमा यसरी भालुले क्षति पुर्याएपछि मङ्गलबार डिभिजन वन कार्यालयको अगुवाइमा फलामे खोर राखिएको सामुदायिक वन उपभोक्ता महासङ्घ […]
काठमाडौं ।माघ ९ गतेदेखि सुरु हुने छैटौं टाइगर कपमा १४ टोली सहभागी हुने भएका छन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुने प्रतियोगितामा यो वर्षबाट पुरस्कार राशिमा पनि वृद्धि हुने बताइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि हुने आयोजकले जनाएको छ । प्रतियेगितामा महिलातर्फ ७ […]
तनहुँ। पाँचवर्ष बितिसक्दा पनि व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने मादीसेती नदीमाथिको मोटरेबल पुल निर्माण पूरा हुनसकेको छैन। गण्डकी प्रदेशको महत्त्वपूर्ण मानिएको यस पुल समयमै सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती भोग्न बाध्य छन्। पुल निर्माणको समय लम्बिँदा आयोजनाको लागत बढ्दै गएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्रप्रताप तिवारीले निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेको […]
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किसुनजी’को १०२औँ जन्मजयन्ती यस वर्ष विगतझैँ उल्लासपूर्ण वातावरणमा मनाउन सकिएन। ललितपुरको बाँडेगाउँस्थित किसुनजी आश्रम जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि भग्नावशेषमा परिणत भएकाले जन्मजयन्ती र स्मृति दिवस शान्त र सुनसान अवस्थामा बित्यो। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आश्रममा आक्रमण हुँदा संरचना ध्वस्त भएको थियो। त्यसयता आश्रममा […]
काठमाडौं। लुम्बिनी प्रदेशलाई सिंगो रूपमा ‘साक्षर प्रदेश’ घोषणा गर्न लागिएको छ। यसको औपचारिक घोषणा यही पुस १३ गते दाङको देउखुरीमा आयोजना हुने विशेष कार्यक्रममार्फत गरिनेछ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाका अनुसार मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई साक्षर घोषणा गर्नेछन्। लुम्बिनी प्रदेशका सबै १२ वटै जिल्ला साक्षर मापदण्ड पूरा गरेकाले प्रदेशस्तरमै घोषणा गर्न लागिएको हो। मन्त्री तिमिल्सिनाले […]
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा पूर्वी नाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। मेची भन्सार कार्यालयका अनुसार मङ्सिर मसान्तसम्म पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात गरिएको हो। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को […]