जिल्ला अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार गर्ने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो मदिरा सेवन गरी अस्पताल पसेका महाकाली नगरपालिका–५ का ३० वर्षीय प्रेमसिंह धामीले चिकित्सकमाथि दुर्व्यवहार गर्दा नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।