कराची : पाकिस्तानले हालैको बाढीबाट प्रभावित भएका तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न अन्तरराष्ट्रिय समुदायसमक्ष अपिल गरेको छ।बाढीमा परेर झण्डै एक हजार तीन सयजनाको मृत्यु भएको जनाउँदै पाकिस्तान सरकारले मानवीय सहायताको प्रतीक्षामा रहेका तीन करोड ३० लाख आफ्ना नागरिकका निम्ति सहयोग गर्न अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको हो।संघीय योजनामन्त्री अहसान इकबालले निरन्तरको वर्षासँगै आएको बाढीले तीन करोड ३० लाख सर्वसाधारण प्रभावित भएका, ज्यान गुमाउने र घरबारविहीन हुनेको संख्या बढ्दै गएपछि शनिबार