हामी सबै आफ्नो कपाल सुन्दर, कमलो र चमकदार होस् भन्ने चाहन्छौं । कपाल धेरै नझरोस् र जस्तो स्टाइल पार्न पनि मिलोस् भन्ने पनि हाम्रो चाहना हुन्छ । आजकलका विज्ञापनले पनि यो चाहनालाई लक्षित गरिरहेका हुन्छन् ।
तर सबैखाले सिफारिश र विज्ञापनले काम गर्छन् भन्ने छैन । अनि सोचेजस्तो नभएपछि मानिसहरू निराश हुन्छन् । त्यसैले यस्ता विज्ञापनका पछि लाग्नु भन्दा केही सामान्य गल्तीलाई नदोहो–याउने हो भने कपाल राम्रो हुन्छ ।
तातोपानीले ननुहाउनुस्
दिनभर काम गरेर थाकेपछि तातो शावरमा छिर्न मन त लाग्छ । त्यसमाथि अहिले चिसोको समय छ ।&n...