स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी २० प्रतिशत पुर्याउन आग्रह गरेका छन् । इप्पानको २२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले हरेक वर्ष २ प्रतिशतका दरले वृद्धि गर्दै १० वर्षमा २० प्रतिशत पुर्याउने अनिवार्य व्यवस्था गर्न आग्रह गरेका हुन् ।