विराटनगर : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको हत्यारा चाँडै पत्ता लाग्ने बताएका छन्।
सत्तारुढ दलको शक्ति प्रदर्शनका क्रममा विराटनगरामा आयोजित प्रदेश १ नम्बरको सभामा सम्बोधन गर्दै गृहमन्त्री थापाले भागरथी भट्टको हत्यारालाई कानुनको कठघरामा उभ्याउन सफल भएकाले अब निर्मलाको हत्यारा पनि चाँडै पत्ता लाग्ने दावी गरेका…