निर्मला पन्तको हत्यारा नजिक पुगेको प्रहरीको दावी

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्माला पन्तको हत्याराको नजिक पुगेको नेपाल प्रहरीको दावी छ । घटनाको लगभग २ वर्ष ८ महिनापछि कन्चनपुर प्रहरी अहिले घटनामा संलग्न दोषी नजिक पुगेको दावी गरेको हो । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहका अनुसार अहिले घटनाको सुक्ष्म अध्ययन भइरहेको छ । कन्चनपुर प्रहरी अहिले सघन, सुक्ष्म, अध्ययन अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, “प्रहरी, हत्याराको एकदम नजिक पुगिसकेकाले अबको केही दिनमै सार्वजानिक गर्नेछौँ ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले २०७५ साल कार्तिक १५ गते प्रहरी प्रधान कार्यालयमा फाइबर जाँच गर्न सर्टको टुक्राको पठाएको थियो । तर त्यसको अहिलेसम्म जाँच गरिएको छैन । त्यसकारण घटनाको अनुसन्धानमा फेला परेको भनिएको महत्वपूर्ण ‘क्लु’ को वैधानिकता पुष्टि भएको छैन ।

सम्बन्धित सामग्री

गीतमार्फत सरकारलाई निर्मला पन्त हत्याको दोषी पत्ता लगाउन आग्रह

काठमाडौं । सरकारलाई निर्मला पन्तको हत्याको दोषी पत्ता लगाउन आग्रह गर्दै ‘निर्मलाको हत्यारा खोइ’ बोलको गीत सार्वजनिक गरिएको छ । ६ वर्षीय बालिका झरना भुसालले स्वर दिएको गीतमा प्रधानमन्त्रीलाई निर्मला पन्तको हत्यामा संलग्न दोषीलाई खोजिदिए त्यो भन्दा ठूलो कुरा केही नहुने भन्दै आग्रह गरिएको छ । ‘हामी चेली कहिलेसम्म यसै रुने हो…? कमल भुसाल ‘चञ्चल’ […]

निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान सुरु

धनगढी – नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण लगत्तै निर्मला पन्तकाे हत्यारा पत्ता लगाउन निर्देशन दिएका थिए। त्यस लगत्तै दुर्गा सिंह नेतृत्वमा समितिसमेत गठन गरिएकाे थियाे। डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा पुगेर निर्मला पन्तको हत्या अनुसन्धान सुरू गरेको छ। २०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या […]

निर्मला पन्त हत्या प्रकरणको ४ वर्ष : संसदमा खोजियो ‘हत्यारा’

काठमाडौँ। प्रतिनिधि सभा सदस्य गंगा चौधरीले चार वर्ष हुँदा पनि सरकार निर्मला पन्तको विषयमा मौन बसेको आरोप लगाएकी छन्। मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन्। सांसद चौधरीले एक वर्षसम्म सरकारले निर्मला पन्तको विषयमा मौन बसको भन्दै सरकारले हत्यारा पतालगाएको भए कुन कारागारमा राखिएको गृहमन्त्रीले जवाफ दिन माग समेत गरेकी छन्।

निर्मला पन्त हत्याको ४ वर्ष, संसदमा खोजियो ‘हत्यारा’

सांसदहरुले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पक्राउ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । १० साउन २०७५ मा हराएकी निर्मलाको भोलिपल्ट ११ साउनमा बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको थियो । तर, हत्या भएको चार वर्ष पूरा भइसक्दा पनि दोषी पक्राउ पर्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभाको जारी बैठकमा केदार सिग्देल र गंगा चौधरीले चार वर्ष पूरा भइसक्दा पनि निर्मला हत्या घटनाको दोषी पक्राउ पर्न नसक्

निर्मला पन्त हत्या प्रकरणको ४ वर्ष : संसदमा खोजियो ‘हत्यारा’

काठमाडौं। सांसदहरुले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पक्राउ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । १० साउन २०७५ मा हराएकी निर्मलाको भोलिपल्ट ११ साउनमा बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको थियो । तर, हत्या भएको चार वर्ष पूरा भइसक्दा पनि दोषी पक्राउ पर्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण […]

निर्मला पन्त हत्या: पक्राउ परेका अली नै अभियुक्त हुन् ?

काठमाडौं, १९ पौष । साँढे तीन वर्ष भयो निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ । प्रहरीले दर्जनौं संदीग्ध ठानेर अनुसन्धान गर्यो । तर, अझै पत्ता लाग्न सकेको छैन । निर्मला पन्तको उखुबारीमा निर्ममतापूर्वक हत्याको घटनाले राजधानीमा समेत विरोध प्रदर्शनहरु भए । निर्मलाका हत्यारा पत्ता लाग्नुपर्ने आवाज उठे । प्रहरीले निकै प्रयास गर्यो । तर, अझै […]

निर्मला पन्त हत्या प्रकरण : तीन वर्षसम्म पत्ता लागेन हत्यारा

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुग्दैछ। सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ।घटनाको निरन्तर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले अहिलेसम्म निर्मला

'निर्मलाका हत्यारा पत्ता लगाउन नसक्ने प्रधानमन्त्रीले धनगढी आएर ठूला गफ दिए'

अर्का सदस्य दीव्यकुमारी शाहले धनगढी आएर प्रधानमन्त्रीले ठूलठूला गफ दिए पनि निर्मला पन्त हत्याका घटनाका दोषीलाई पत्ता लगाउन नसकेको बताइन् । निर्मलाको लागि न्याय खोज्नेहरूलाई उल्टै सरकारले पक्राउ गरेको उनले उल्लेख गरिन् ।