म्याग्दी : जिल्ला सदरमुकाम बेनीबजारको वीरेन्द्र चोकस्थित जिल्ला प्रशासन कार्यालय अगाडि छ होटल रोजिना एण्ड रेष्टुरेन्ट।दुई दशकदेखि यो होटल संचालन गर्दै आएकी सृजना भट्टचनको चारतले घरका १२ वटा कोठाहरू जहिले पनि पाहुनाहरुले खचाखच भरिएका हुन्छन्।होटलका कोठाहरु मात्रै होइन काउण्टरदेखि लिएर छतसम्म खाली ठाउँ भेटिँदैन उनको होटलमा।उमेरले चार दशक पार गरेकी फरासिली भट्टचनलाई कहिल्यै पनि फुर्सद हुँदैन। काउण्टरको सोकेस र र्याकैभरी लप्सीको अचारले भरिएका सिसी, कुर्सीमा खाना,खाजा खाँदै गरेका पाहुनाहरू