दोस्रो जनआन्दोलनसँगै स्थापित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाले डेढ दशक समयावधि पार गरेको छ । यो शताब्दीकै सबैभन्दा सुन्दर शासन व्यवस्था हो । राजनीतिक परीक्षणका अलौकिक र सुन्दर स्वरूपहरूको उच्चतम अभ्यास नै गणतन्त्र हो । यस प्रकारको शासन बहालीसँगै नागरिकमा धेरै आशा थिए र अभैm छन् । देशमा विद्यमान असमानता, अशान्तिको सम्पूर्ण दोष लागेको राजतन्त्रको समूल अन्त्यपछि दूर सभ्यता र प्रगतिको अपेक्षा थियो । नागरिक जीवनमा सर्वपक्षीय उन्नयनहरूको उभारको प्रतीक्षा थियो तर पनि नागरिक अलिक निराश छन्, सरकार तथा दलहरू नागरिकप्रति कमै उत्तरदायी भएको महसुस गर्छन् । पात्र, प्रवृत्ति र स्वार्थ नबदलिएका भन्छन् । नागरिकको आशा सार्थक बनाउने क्रममा शासन व्यवस्थाहरू निकै उदासीन र कम प्रभावी मात्र बनेको भन्दै चिन्ता जाहेर गरिँदै छ ।