काठमाडाैं : नेकपा (एमाले)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर बनाएको केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन गरेको छ।आईतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको हो।बैठकले पार्टीका उपमहासचिव विष्णु रिमाललाई केन्द्रीय निर्वाचन परिचालन कमिटी र त्यसले बनाएको सचिवालयको पनि सचिवको जिम्मेवारी तोकेको छ। अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत गरेकाे साे प्रस्ताव सर्वसम