एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन

काठमाडौ., १२ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नो केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालय गठन गरेको छ । आज (आइतबार) बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो । बैठकले निर्वाचन परिचालन कमिटी सचिवको जिम्मा उपमहासचिव विष्णु रिमाललाई दिएको छ । गत साउन २६ गते बसेका एमालेको सचिवालय […]

सम्बन्धित सामग्री

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

नेकपा (एमाले)केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठक आज पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बिहान ११ बजे बस्दैछ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको थियो ।

अध्यक्ष ओलीको संयोजकत्वमा एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमालेको पार्टी कार्यालय च्यासलमा बिहिबार भएको ११औँ सचिवालयको बैठकले केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेगरी परिचालन कमिटी गठन गरेको हो । …