३३ अर्ब रुपैयाँ ऋण लिन वार्ता समिति

काठमाडौं (अस) । सरकारले विश्व बैंकबाट ३३ अर्ब रुपैयाँ ऋण लिन वार्ता समिति बनाएको छ । हालैको मन्त्रिपरिषद् बैठकले यातायात तथा व्यापार क्षेत्र वृद्धिका लागि ऋण सहायता लिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता समिति बनाएको हो । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २ सय ७५ मिलियन अमेरिकी डलर करीब ३३ अर्ब रुपैयाँ ऋण सहायता सम्बन्धमा वार्ता समिति गठन गर्ने निर्णय भएको जानकारी दिए । मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुन: एकीकरण आयोजनाका लागि स्वीट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने पनि निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

वार्ता समिति गठनपछि कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं । सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि निजामती सेवाका कर्मचारीहरूले तत्कालका लागि आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले वार्ता समिति गठन भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिए पनि वार्तामार्फत आफूहरूको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । वार्ता […]

नेसपाले माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने

नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ। आइतबारदेखि सुरु भएको सो पार्टीको राजनीतिक समितिको बैठकले वार्ता समिति बनाउने तयारी गरेको हो। बैठकमा पार्टी अध्यक्ष डा....

नेपाल समाजवादी पार्टीले माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने

नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ।...

माओवादी केन्द्रसँग एकता गर्न बाबुरामको पार्टीले वार्ता समिति बनाउने

नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्न वार्ता समिति बनाउने भएको छ ।

एमालेसँग तालमेल गर्न लोसपाले बनायो वार्ता समिति

एमालेसँग चुनावी तालमेल गर्न लोसपाले राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति बनाएको छ । शुक्रबार गठित समितिमा शरत्सिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल सदस्य छन् । लोसपा...

चुनावी तालमेल गर्न त्रिपाठीले गरे वार्ता समिति गठन

काठमाडौं, ९ साउन । ह्दयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतीशील पार्टीले अन्य दलहरुसँग छलफलका लागि वार्ता समिति गठन गरेको छ । पार्टीले चुनावी तालमेलका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो । समितिमा उपाध्यक्ष सबिर हुसैन र केन्द्रीय सदस्य बाबा सरकार पनि रहेका छन् । पार्टीले आगामी चुनावको लागि तालमेल […]

राप्रपाद्वारा धवलशमशेर नेतृत्वको एकता वार्ता समिति भङ्ग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गठन गरेको वार्ता समिति भङ्ग गरिएको छ। महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा गत मंसिरमा वार्ता समिति गठन भएको थियो। महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले महामन्त्री राणाको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो। वार्ता समितिलाई समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, सङ्गठन, पार्टी र धार्मिक […]

चुनावी गठबन्धनका लागि लुम्बिनीमा कांग्रेसद्वारा वार्ता समिति गठन

बुटवल – नेपाली कांग्रेस लुम्बिनी प्रदेशले प्रदेशभर चुनावी गठबन्धन बनाउन सभापति अमरसिंह पुनको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। कांग्रेसको बुटवलमा सम्पन्न प्रदेश समितिको बैठकले सत्तारुढ दलहरुसँग जिल्लास्तरमा भइरहेको वार्तालाई सघाउँदै गठबन्धन थप बलियो बनाउनका लागि सभापति पुनको संयोजकत्वमा वार्ता समिति बनाएको हो। समितिको सदस्यमा भरत कुमार शाह, भुवन प्रसाद श्रेष्ठ, राजु खनाल, प्रकाश राना […]

राप्रपाले गठन गर्यो ३ सदस्यीय वार्ता समिति

राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचारधारा भएका समूह र व्यक्तिहरुसँग वार्ता गर्नका लागि ३ सदस्यीय वार्ता समिति गठन गरेको छ । बुधबार बसेको राप्रपाको केन्द्रीय विशेष समितिको बैठकले नेता बुद्धिमान तामाङको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय गरेको हो । वार्ता समितिको अन्य सदस्यमा नेताद्वय जगत गौचन र ऋषिबाबु परियार रहेका छन् ।बैठकले उद्धव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गर्नुका साथै आर्थिक क्षेत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जिम्मेवारी समेत दिएको छ । त्यस्