डिआइजी राजु अर्याल सशस्त्रको एआइजीमा बढुवा सिफारिस

काठमाडौं : सशस्त्र प्रहरीका डिआइजी राजु अर्याल सशस्त्र प्रहरीको एआइजी बढुवामा सिफारीम भएका छन्। एआइजी पुष्पराम केसी आइजी भएपछि रिक्त रहेको पदमा उनको बढुवा गर्न लागिएको हो। वैशाख १८ गते आइजी केसीले अवकाश पाएपछि उनी आइजीका एक्ला दाबेदार हुन्।

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र नेपालका लागि अमेरिकी राजदुत थम्पसनबीच भेटघाट

सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदुत डिन आर.थम्पसनबीच भेटघाट भएको छ।...

सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल

काठमाडौँ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको महानिरीक्षकमा अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई बढुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि पूरा हुँदै भोलिबाट अवकाशमा जाने भएसँगै अतिरिक्त महानिरीक्षक अर्याललाई बढुवा गरिएको हो । गत वैशाख ४ गते एआईजी बढुवामा सिफारिस भएका अर्यालले वैशाख १४ गते एआईजीको दर्ज्यानी […]

सशस्त्र प्रहरीको आईजीपीमा अर्याल नियुक्त : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल नियुक्त भएको जानकारी दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपीमा नियुक्त गरेको खाँणले रातोपाटीलाई जानकारी दिए । ‘सशस्त्र प्रहरीमा राजु अर्याल नियुक्त भएका छन् । चिठी आइसक्यो’, उनले भने ।  मन्त्रिपरिषदको बैठकमा अर्यालको नियुक्तिबारे छलफल नभएको बताइएपनि गृहमन्त्री खाँणले सबै प्रक्रिया मिलाएर आजै नियुक्त गरिएको बताए । यसअघि मन्त्रिपरिषद्को बैठकमा आईजीपीको नियुक्तिबारे कुनै छलफल नभएको मन्त्रीहरूले

सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल

सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षकमा राजु अर्याल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले अर्याललाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गरेको हो ।

राजु अर्याल सशस्त्र प्रहरीको आइजी नियुक्त

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षकमा राजु अर्याल नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले अर्याललाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गरेको हो। यसअघि उनलाई डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो। उनी एकल दाबेदार हुँदै आईजीपीमा नियुक्त भएका हुन्। सशस्त्र प्रहरीका आईजी पुष्पराम केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका छन्। ३० वर्षे सेवा अवधिका कारण केसीले आइतबारदेखि अनिवार्य […]

सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल

काठमाडौं : सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा राजु अर्याललाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र एआईजी अर्याललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो।केही दिनअघि मात्र एआईजीमा बढुवा भएका उनी आईजीपीका लागि एक्ला दाबेदार थिए। नवनियुक्त आईजीपी अर्यालले सोमबारदेखि कार्यभार सम्हाल्ने बताइएको छ।३० वर्षे सेवाअवधिका कारण हालका आईजी पुष्पराम केसी आइतबारबाट अनिवार्य सेवा निवृत्त हुने भएपछि रिक्त स्थानमा अर्याललाई नियुक्त गरिएको हो। हाल सेवा निवृत्त के सी

सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा राजु अर्याललाई बढुवा गरिएको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । अर्याल वैशाख १४ गते एआईजीपीमा बढुवा भएसँगै आईजीपीका एकल दाबेदार थिए । सशस्त्र प्रहरी बलमा एआईजीबाट मात्रै आईजीपी बनाउने प्रावधान छ ।

सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल नियुक्त

सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा एआईजी राजु अर्याल नियुक्त भएका छन् ।

राजु अर्याल सशस्त्रको एआइजी नियुक्त

काठमाडौँ – सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा राजु अर्याललाई नियुक्त गरेको छ। गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ। डिआइजी अर्याल वरीयतामा पहिला नम्बरमा थिए। यसैगरी, डिआइजीद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम क्रमशः दोस्रो र तेस्रो […]

सशस्त्रमा राजु अर्याल अबको आइजीपी

काठमाडौं, ४ वैशाख । सशस्त्र प्रहरी बलमा राजु अर्यालले २० वैशाखबाट सशस्त्रको कमाण्ड सम्हाल्ने निश्चितप्रायः भएको छ । उनलाई सशस्त्रको एआइजीमा बढुवा सिफारिश गरेसँगै आइजीपी बन्ने निश्चितप्रायः भएको हो । अर्याल आफ्नो ब्याचीमा एकमात्र एआइजी हुनेछन् । आइजीपी पुष्पराम केसीले ३० वर्षे सेवावधि पूरा गरी १९ वैशाखमा सेवानिवृत्त हुने भएका छन् । उनकै ब्याची अर्का […]