पर्वत : झन्डै ९० वर्ष अगाडि पत्ता लागेको ‘गुप्तेश्वर गुफा’ पर्वत सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका–४ मा पर्छ।ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय गुफा कुश्मा बजारदेखि करिब पाँच सय मिटरको दुरीमा र कालीगण्डकी नदी देखि करिब दुई सय मिटरको दूरीमा रहेको छ। पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउँ भनी यही गुफामा व्रत बस्ने गरेको किंवदन्ती छ। नेपालकै सबैभन्दा लामो गुफाको रूपमा दाबी हुँदै आएको गुफाभित्र पानी रसाइरहेको हुन्छ। बर्षौँ पुराना चट्टानहरू खिएर विभिन्न देवी देवताका