अमेरिकी राष्ट्रपतिद्वारा आयोजित शिखर सम्मेलनमा प्रधानमन्त्री देउवालाई निम्तो, सम्बोधन आज साँझ गरिँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ अमेरिकी राष्ट्रपतिद्वारा आयोजित एक शिखर सम्मेलनमा सम्बोधन गर्नुहुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्न लागेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनलाई प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुने जनाइएको छ । सम्मेलनमा देउवाले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित शासन प्रणालीप्रति नेपालको तर्फबाट प्रतिबद्धता जनाउँदै लोकतन्त्र तथा मानवअधिकार र महिला अधिकारको रक्षाका […]

सम्बन्धित सामग्री

एमसिसी देश विकासको सहयोगी परियोजना हो

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) देश विकासको सहयोगी परियोजना भएको बताउनुभएको छ । खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले एमसिसी परियोजना देशको हितमा भएकाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभयो । एमसिसी परियोजना लागू भएपछि नेपालको सडक, विद्युत् र आर्थिक विकासमा ठूलो टेवा …

एमसिसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँ : प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसिसी राष्ट्रको हितमा भएको बताएका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी सम्झौता नेकपा (एमाले) नेतृत्वको सरकारले संसद्बाट पारित गर्न पेस गरेकाले अहिले त्यसैलाई अघि बढाएको बताए । “एमसिसीलाई एमालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा […] The post एमसिसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँ : प्रधानमन्त्री देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

देउवा फेरि ओलीको दैलोमा, एमसीसीलाई लिएर सत्ता-प्रतिपक्ष एक हुने कति छ सम्भावना?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयलाई लिएर सत्ता गठबन्धनमा चर्को मतभेद देखिएपछि लगातार प्रमुख प्रतिपक्षी दलसँग संवादलाई प्राथमिकता दिइरहेका देउवा ओलीलाई भेट्न पुगेका हुन्। आज नेकपा एमालेको पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर भक्तपुर फर्किएपछि ओलीलाई भेट्न  देउवा बालकोट पुगेका…

एमालेकाे अडान कायमै, संसद्मा आज पनि अवरोध गर्ने

काठमाडौं : प्रतिनिधिसभा संसदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायमै राख्ने भएको छ।अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे छलफल गर्न बिहीवार दिउँसो १ बजे बस्ने बैठकमा पनि अवरोध कायमै रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। ‘हाम्रो माग उहाँहरूले पूरा गर्नुभएको छैन‚’ उनले भने‚ ‘मागको सम्बोधन नभएसम्म हाम्रो अडान यथावत् रहन्छ।’प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर संसद खुलाउनदेखि एमसिसीमा सहयोग समेत

एमसीसीबारे देउवाले के भने ?

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध अन्त गरी विचाराधीन विषयलाई निष्कर्षमा पुर्याइने बताएका छन् । आज देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘संसदको गतिरोध अन्त गरी विचाराधीन विषयलाई निष्कर्षमा पुर्याइनेछ,’ देउवाले भने । उनले घुमाउरो तरिकाले अमेरिकी सहयोगसम्बन्धी एमसीसीको विषय अगाडि बढाउने संकेत गरेका छन् । संसदको गतिरोध हुँदा […]

बाइडेनको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा देउवाले सम्बोधन गर्दै

काठमाडौँ, २३ मङ्सिर। प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) साँझ अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्। भर्चुअल माध्यमबाट हुने शिखर सम्मेलनमा देउवाले नेपालले लोकतन्त्र, मानवअधिकार र महिला अधिकार रक्षाका लागि चालेका कदमबारे बोल्ने बुझिएको छ । उनले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित शासन प्रणालीप्रति मुलुकका तर्फबाट प्रतिबद्धता जनाउनेछन्। लोकतन्त्रको […]