नुवाकाेट – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशकाे हितमा भएको बताउनुभएको छ ।
नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज साेमवार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता नेकपा (एमाले) नेतृत्वको सरकारले संसदबाट पारित गर्न पेस गरेकाले अहिले त्यसैलाई अघि बढाएको बताउनुभयो ।
‘एमसीसीलाई एमालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रक्षा मन्त्री भीम रावलले मन्त्रिपरिषद्को सिफारिसमा संसदबाट पास गर...