आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता संशोधन विधेयक २०७९ संसदमा फिर्ता पठाइदिएपछि अब के गर्ने भन्नेबारेमा सत्ता गठबन्धनभित्र छलफल सुरु भइसकेको छैन । तर गठबन्धन दलको छलफलबाट आएको निर्णय अनुसार नै विधेयकमाथि सरकारले उपयुक्त निर्णय लिने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद कोइरालाले रातोपाटीलाई जानकारी दिए ।भोलि नै प्रतिनिधिसभामा विधेयक पेस हुने सम्भावना कम रहेको उनले बताए । ‘गठबन्धन दलको राजनीतिक नेतृत्वबीचमा यसबारे केही छलफल होला,’ मन्त्री कोइरालाले भन