प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकार बनेपछिका एक वर्षमा मुलुकमा भ्रष्टाचार बढेको तथा अर्थतन्त्र संकटमा परेको टिप्पणी गरेको छ । सरकारले समृद्धिको नारा दोहो¥याइरहे पनि समृद्धिको उल्टो बाटो हिँडेको कांग्रेसको ठहर छ ।
सरकारको एक वर्षे कार्यकाल पूर्ण विफल भएको भन्दै कांग्रेसले विभिन्न शीर्षकमा सात तथ्य प्रस्तुत गरेको छ । जसमा पुँजीगत खर्च कम भएको, विदेशी लगानी ५ महिनामा ५ अर्बले घटेको, वाह्य मुद्राको सञ्चिति १० अर्ब घटेको कांग्रेसको टिप्पणी छ । यस्तै, व्यापारघाटा झनै बढेकोप्रति पनि कांग्रेसले चिन्ता व्यक्त गरेको छ ।