कर्णाली राजमार्गअन्तर्गत कालीकोट र जुम्लालाई जोड्ने सिंजा खोला पक्की पुल निर्माणको काम झन्डै ३ महिनादेखि रोकिएको छ । असार दोस्रो साता ‘प्रिटेस्ट’ गर्ने क्रममा बन्दाबन्दैको पुल चर्किएको थियो ।
गुल्मी– मुसिकोट नगरपालिकाको बडिगाड खोलामा पुल निर्माण हुने भनिएको सात वर्ष भयो । तर अहिलेसम्म खोलमा पुल बन्न सकेको छैन । पुल बन्ने आशैआशामा स्थानीयले सात वर्ष बिताइसके । विसं २०७३ मा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्ट्रक्सन प्रालिले रु पाँच करोड १७ लाखको लागतमा झेँदीमा पक्की पुल निर्माणको सम्झौता गरेको थियो । […]
सिमकोट – सिमकोट हिल्सा सडकको हेक्पा खोलामा पक्की पुल निर्माण निकै ढिलाई भइरहेको पाइएको छ। सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको लापरवाहीले पुल निर्माण ढिलाइ भएको हो। निर्माणका लागि हिल्सा सिमकोट सडक आयोजनाले २०७४ साल साउन ६ गते सपना धुलीखेल जेभीसंग सम्झौता गरेको थियो। सुरुमा दुई वर्षमा सम्पन्न गर्ने गरी […]
रुकुमपश्चिमं, माघ १७ । जिल्लाको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने सानीभेरी नदीको गाराघाट पक्की पुल छ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन। सडक डिभिजन कार्यालय चौरजहारीका अनुसार तीन वर्षमै निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको सानीभेरी नदीको पुनको निर्माण कार्य भइरहेको छ। सडक डिभिजन कार्यालयका इन्जिनियर प्रज्वल सुनारका अनुसार फाउन्डेसनको डिजाइन परिवर्तन गरिएपछि पछिल्लो […]
कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल निर्माण अलपत्र छ । पुल निमार्णको ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन । पुल निर्माणका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो ।
२०७५ साल पुस २६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि अहिलेसम्म पुल निर्माण नहुँदा नागरिकले सास्ती खेप्दै आएका छन् । सात वर्षदेखि खोलामा तीनवटा पिल्लर मात्रै छन् । एउटा पिल्लरको काम अधुरै छ । त्योबाहेक अरू कु...
कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल निर्माण अलपत्र छ । पुल निमार्णको ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन । पुल निर्माणका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो । विसं २०७५ पुस २६ गते […]
उदयपुर । चौदण्डीगढी नगरपालिकाको मेरुदण्डका रूपमा रहेको त्रियुगा नदीको निर्माणाधीन शिवाइ पुल भाँचिएको एक वर्ष पूरा भइसक्दा समेत निर्माण सुरु भएको छैन । अलपत्र अवस्थामा रहेर १२ वर्षअघि निर्माण सुरु पुल अन्तिम चरणमा बाढीले बगायो । निरन्तर वर्षापछि आएको बाढीले चौदण्डीगढी नगरपालिका–५ शिवाइ र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणधीन मोटेरेबल पक्की पुल १९ असार २०७८ […]
The post पुल भाँचिएको एक वर्ष बित्यो, अझै बनेन appeared first on राजधानी राष्ट्रिय दैनिक.
धनगढी । कैलालीको कान्द्रा नदीमा निर्माणाधीन पुल ११ वर्षमा पनि बन्न सकेन । जिल्लाको भजनी नगरपालिका–३ थेकीपुरस्थित कान्द्रा नदीमा पुल निर्माणको जिम्मा पाएको कम्पनीले पुल अधुरै छोडेर सम्पर्कबिहीन भएपछि ११ वर्षदेखि बन्न नसकेको हो । हालसम्म चौथो पटक म्याद थप हुँदासमेत एक सय मिटर लामो पुल बनाउन नसकेका साल्पा÷शेर्पा–लामा–विरुवा जेभी नामक निर्माण कम्पनीका प्रतिनिधी सम्पर्कबिहीन […]
The post ११ वर्ष बित्यो, कान्द्राको पुल बनेन appeared first on राजधानी राष्ट्रिय दैनिक.
पर्वत-पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीको सिमखेत र फलेवास नगरपालिका–३ शंकरपोखरी जोड्ने मल्याङ्दी खोलामाथि झोलुंगे पुल निर्माण गर्न स्थानीयवासीले माग गरेको झण्डै आधा शताब्दी बितेको छ । तर पनि अझै उनीहरुको माग पूरा हुनसकेको छैन । वर्षौदेखि पुलको माग गर्दा पनि अझै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । पुल नहुँदा जोखिम मोलेर स्थानीयवासी खोला वारपार गर्न बाध्य […]
दाङ, ७ पुस । दाङको कोठरी–डुरुवा जोड्ने हापुरखोलाको पुलको निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि अझैसम्म निर्माण कार्य पूरा हुन सकेको छैन । समयमा पुल नबनेका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या भएको बताइएको छ । निर्माण कार्य शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा […]
सात वर्षअघि पुल निर्माण सुरु हुँदा बकैया नदीको दुवैतिरका स्थानीयबासीमा जुन उत्साह र खुसी थियो, त्यो विस्तारै मर्न थालेको छ। निर्माण व्यवसायीले पुल निर्माणको काम अधुरै छाडेपछि स्थानीय निराश हुन थालेका छन्।...