सेञ्चुरी बैंक र आईएमई पेबीच सम्झौता

काठमाडौं । आईएमई पे र सेञ्चुरी कमर्सिअल बैंकबीच सेवा साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार डिजिटल सहजताको निम्ति आईएमई पे मोबाइल वालेट एपमा सेञ्चुरी कमर्सिअल बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुविधाहरु आईएमई पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले प्रष्ट पारेको छ । […]

सम्बन्धित सामग्री

प्रभु र सेञ्चुरी बैंकको आजदेखि एकीकृत कारोबार सुरू

काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक लिमिटेड एक आपस मर्ज भई मंगलबारबाट एकिकृत कारोबार सुरू भएको छ । यी दुई बैंक एक आपसमा गाभिएपछि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो । ग्लोबल आईएमई र बैंक अफ काठमान्डुको एकीकृत कारोबार सुरू भएको भोलिपल्ट मंगलबार प्रभु र सेञ्चुरी बैंक एक भएर कारोबार सुरू […]

वैशाखसम्म वाणिज्य बैंकहरूले कमाए रू. ५५ अर्ब ७९ करोड नाफा

काठमाडौं । कोभिड प्रभावित वर्षमा अधिकांश क्षेत्र ठप्प रहे पनि चालू आर्थिक वर्ष (आव) को १० महीनासम्ममा बैंकहरू निरन्तर कमाइ गर्न सफल भएका छन् । यसैबीच, सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकले अपेक्षा गरेअनुसारको कमाउन नसके पनि वैशाखसम्ममा भने रू. ५५ अर्ब ७९ करोड २८ लाख बराबर खुद नाफा गर्न सफल भएका छन् । चालू आवको तेस्रो त्रैमास अर्थात् चैतसम्ममा बैंकहरूको यस्तो नाफा रू. ५० अर्ब ७४ करोड गरेका थिए । अझ सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेको थियो । यसपछिको करीब १५ दिन समग्र अर्थतन्त्र प्रभावित हुन पुग्यो । यसअवस्थामा पनि वैशाख महीनामा मात्रै वाणिज्य बैंकहरूले रू. ५ अर्ब ५ करोड २८ लाख हाराहारीमा नाफा कमाएका छन् । तर, यसअघिको महीनामा भने बैंकहरूको मासिक नाफा वृद्धि करीब ५ अर्ब ६३ करोड ७७ लाख रुपैयाँको हाराहारीमा हुने गरेको थियो । यसअघिका महीनाको तुलनामा वैशाखमा ५८ करोड ४९ रुपैयाँले नाफा संकुचन भएको छ । निषेधाज्ञाको प्रभाव केही मात्रामा बैंकको नाफामा परेको बैंकरहरू बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल समग्रमा बैंकहरूको नाफा बढेको देखिए पनि निषेधाज्ञा हुनुअघिका महीनाको तुलनामा भने वैशाखमा नाफा वृद्धि प्रभावित भएर संकुचन भएको बताउँछन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालका अनुसार बजार चहलपहल भएको तुलनामा निषेधाज्ञापछि तुलनात्मक रूपमा बैंकहरूको एलसी खोल्दाको आम्दानी, रेम्यिान्स गर्दाको आम्दानी, विदेशी विनिमयको आम्दानी कम हुने भएकाले यसको प्रभाव नाफामा पर्ने गर्छ । ‘वैशाख आधा महीनामा निषेधाज्ञा शुरू हुँदा धेरै व्यवसाय कम हुने भइहाल्यो । यसबीच ब्याज आम्दानी भएपनि ब्याज खर्च पनि भए । यसबाहेकका विभिन्न आम्दानी पनि प्रभावित हुँदा नाफा वृद्धि संकुचन हुने जोखिम बढ्छ,’ उनले अभियानसँग भने, ‘कोभिडको प्रभाव लामो समय रहिरहे बैंकको वार्षिक प्रतिवेदनमा पनि असर देखिन सक्छ ।’ कोभिड–१९ को चुनौती हुँदाहुँदै पनि अपेक्षाअनुसारको नाफा गर्न नसके पनि यत्तिको नाफालाई बैंकहरूले सन्तोषजनक रूपमै लिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको १० महीनासम्ममा खुद नाफा कमाउने उत्कृष्ट ५ बैंकमा क्रमशः नबिल, ग्लोबल आईएमई, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य र नेपाल इन्भेस्टमेन्ट बैंक रहेका छन् । यसमध्ये पहिलो स्थानमा देखिएको नबिल बैंकले १० महीनासम्ममा ४ अर्ब ५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमासमा नाफा गर्नेमा पनि सो बैंक अग्र स्थानमा थियो । एकै महीनाको अन्तरमा बैंकले थप ३८ करोड १० लाख रुपैयाँ हाराहारीमा खुद नाफा गर्न सफल भएको छ । गत ९ महीना (चैत)सम्ममा सो बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली बैंकको नाफा वृद्धि विगतको महीनाको तुलनामा मासिक करीब रू. ४० करोडले समानान्तर रूपमा नाफा बढ्नुपर्नेमा योभन्दा केही कम भएको बताउँछन् । निषेधाज्ञामा सबै बैंकिङमा ५० अर्ब रुपैयाँको निक्षेप संकलन र कर्जा प्रवाह बढे पनि यसअनुसार आफ्नो बैंकको नबढेको उनले बताए । चालू आवको वैशाखसम्ममा ग्लोबल आईएमई बैंकले ३ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाउँदै दोस्रो स्थानमा रहेको छ । निषेधाज्ञाको पहिलो महीनामा मात्रै उक्त बैंकले ३४ करोड ७६ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । गत चैतसम्ममा यसले रू.३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएर दोस्रो स्थानमै रहेको थियो । कर्जा प्रवाहमा आक्रामक देखिएकोे एनआईसी एशिया बैंकले भने ३ अर्ब ३६ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएर तेस्रो स्थानमा रहेको छ । तर, उक्त बैंकको निषेधाज्ञाको महीनामा भने खुद नाफामा संकुचन देखिएको छ । यो बैंकले चालू आवको तेस्रो त्रैमाससम्म ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएर चौथो स्थानमा आएको छ । उक्त बैंकको नाफा भने तेस्रो त्रैमासकै हाराहारीमा भएको देखिन्छ । यस्तै उक्त अवधिमा खुद नाफा कमाउने पाँचौं स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ३ अर्ब १७ करोड रुपैयाँ रहेको छ । वैशाखसम्ममा क्रमशः प्राइमले रू. ३ अर्ब २१ करोड, एनएमबी बैंकले रू. २ अर्ब ७९ करोड, नेपाल बैंकले रू. २ अर्ब ३९ करोड, कृषि विकास बैंकले २ अर्ब ३९ करोड २६ लाख, सिद्धार्थले २ अर्ब ३४ करोड, प्रभुले २ अर्ब २९ करोड, मेगाले रू. २ अर्ब २२ करोड र सानिमा बैंकले रू. २ अर्ब ४ करोड खुद नाफा कमाएको छ । यसबाहेकका बैंकले रू. २ अर्बभन्दा कम नाफा गरेका छन् । यसअन्तर्गत क्रमशः कुमारी, नेपाल बंगलादेश, एभरेष्ट, सिटिजन्स, माछापुच्छ्रे, हिमालयन, लक्ष्मी, स्ट्यान्डर्ड चार्टर्ड, सनराइज, नेपाल क्रेडिट एन्ड कमर्श बैंक र बैंक अफ काठमाडौं रहेका छन् । यससँगै रू.१ अर्बभन्दा कम नाफा भएका बैंकमा भने नेपाल एसबीआई, सिभिल र सेञ्चुरी बैंक रहेका छन् ।

सानिमा बैंकको नेतृत्वमा सिजी सिमेन्टलाई २ अर्ब ३७ करोड कर्जा

सानिमा बैंकको नेतृत्वमा चौधरी ग्रुपको सिजी सिमेन्टमा २ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह हुने भएको छ । सानिमा बैंकले नेतृत्व गरेको सहवित्तीयकरण अन्तर्गतको कर्जामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाई एवं ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र र नेपाल एसबिआई बैंकले ऋण प्रवाह गर्ने छन् । सिजी सिमेन्टको क्लिंकर क्षमता १९५० मेट्रिकटनबाट बाटा २९५० गर्नको लागि २ अर्ब ३७ करोड ८० लाख गरेर कुल ९ अर्ब ६ करोड ३० लाख कर्जा दिन बैंकहरुबीच सम्झौता भएको छ ।

सानिमा बैंकको नेतृत्वमा सिजी सिमेन्टलाई २ अर्ब ३७ करोड कर्जा

सानिमा बैंकको नेतृत्वमा चौधरी ग्रुपको सिजी सिमेन्टमा २ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह हुने भएको छ । सानिमा बैंकले नेतृत्व गरेको सहवित्तीयकरण अन्तर्गतको कर्जामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाई एवं ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र र नेपाल एसबिआई बैंकले ऋण प्रवाह गर्ने छन् ।

सानिमा बैंकको नेतृत्वमा सिजी सिमेन्टलाई २ अर्ब ३७ करोड कर्जा

सानिमा बैंकको नेतृत्वमा चौधरी ग्रुपको सिजी सिमेन्टमा २ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह हुने भएको छ । सानिमा बैंकले नेतृत्व गरेको सहवित्तीयकरण अन्तर्गतको कर्जामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाई एवं ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र र नेपाल एसबिआई बैंकले ऋण प्रवाह गर्ने छन् ।