सानिमा बैंकको नेतृत्वमा सिजी सिमेन्टलाई २ अर्ब ३७ करोड कर्जा

सानिमा बैंकको नेतृत्वमा चौधरी ग्रुपको सिजी सिमेन्टमा २ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह हुने भएको छ । सानिमा बैंकले नेतृत्व गरेको सहवित्तीयकरण अन्तर्गतको कर्जामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाई एवं ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र र नेपाल एसबिआई बैंकले ऋण प्रवाह गर्ने छन् । सिजी सिमेन्टको क्लिंकर क्षमता १९५० मेट्रिकटनबाट बाटा २९५० गर्नको लागि २ अर्ब ३७ करोड ८० लाख गरेर कुल ९ अर्ब ६ करोड ३० लाख कर्जा दिन बैंकहरुबीच सम्झौता भएको छ ।