माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा एमाले, रास्वपा, जसपा सम्मिलित नयाँ सत्ता गठबन्धन गठन भएसँगै संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम अविलम्ब टुंग्याउने समझदारी बनेको छ । सत्ता गठबन्धनका नयाँ सहयात्री दलहरूबीच भएको ८ बुँदे समझदारीपत्रको चौथो बुँदामा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने’ भनिएको छ ।