काठमाडौं : नेपाल विद्यार्थी संघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका छन्। बुधवार शेर्पालाई कांग्रेसले नेविसंघ अध्यक्षको जिम्मेवारी दिएको हो। बिहीवार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले शेर्पालाई बधाई दिएका हुन्। बधाई भेटमा गृहमन्त्री बालकृष्ण खाणले पनि बधाई ज्ञापन गरेका थिए।
त्यस्तै शेर्पालाई महामन्त्री विश्वप्रकाश…