काठमाण्डाै – राइड शेयरिङ एप पठाओको सेवा रोकिएको छ । सोमवार काठमाण्डौमा ट्याक्सी चालक र पठाओका चालकबीच झगडा भएपछि ट्राफिक प्रहरीले चोक–चोकमा बसेर मान्छे कुर्न नपाइने बताएको थियो ।
तर मङ्गलवार साँझ भने पठाओको सेवा नै रोकिएको छ । यात्रुले पठाओका मोटरसाइकल र कार बुकिङ गर्दा नखुल्ने र ‘आउट अफ सर्भिस’ को समस्या देखिएको छ ।
यसैबीच राइड शेयर एप पठाओले आफ्ना राइडरहरूलाई पठाओ भनेर चिनिने ज्याकेट र ट्राउजर लगाउन रोक लगाएको छ । पठाओ राइडर भनेर पहिचान खुल्ने...