नेपाल निजामति कर्मचारी युनियन (संघ) ले आगामी बजेटमा तलव बढाउन माग गरेको छ । गत वैशाख २८ गते कर्णाली प्रदेशको जुम्ला सदरमुकाम खलंगामा बसेको संघको चौथो केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्ने बिहीबार गरेको पत्रकार सम्मेलनमा बजेटमा तलब बढाउन माग गरेको हो ।