२५ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास हुने खालको नभएको प्रतिक्रिया दिएका छन् । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले महाअभियोग प्रस्ताव पेश गर्ने वित्तिकै पारित नहुने बताएका हुन् । ‘यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि । […]